7 years ago
January 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबलको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल न्यु डायमन्ड एकेडेमीले पहिलोपटक महिला राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
शिवम् सिमेन्टलाई मुख्य प्रायोजन पाएपछि नैकापको न्यु डायमण्ड एकेडेमीले पहिलोपटक ‘शिवम् न्यु डायमन्ड कप भलिबल राष्ट्रिय खुला महिला भलिबल’ प्रतियोगिता आयोजना गर्ने भएको हो । शिवम् सिमेन्टले न्यू डायमण्ड एकेडेमीलाई एक प्रतियोगिता आयोजना गर्न तथा अन्य सुविधाका लागि १ वर्षको लागि गत भदौमा मुख्य प्रायोजन गरेको थियो ।
प्रतियोगिता यही माघ २१ गतेदेखि २३ गतेसम्म नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण क्लबमा हुनेछ । प्रतियोगितामा ढोरपाटन महिला डबल लिग प्रतियोगितामा शीर्ष ६ भित्र पर्न सफल टोलीले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका प्रिन्सिपल एवं प्रतियोगिता संयोजक कुमार राईले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १ लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले प्राप्त गर्ने १ लाख १ हजार प्राप्त गर्नेछ । दोस्रो पुरस्कार राशिको प्रायोजन नारायणबहादुर महर्जनले गरेका छन् । त्यस्तै तेस्रो स्थान हासिल गर्नेले ५१ हजार प्राप्त गर्नेछन् । चौथो स्थान हासिल गर्नेले टिमले प्राप्त गर्ने रकम २१ हजार पुरस्कारको पुरस्कार हाल जापान निवासी नेपाल भलिबल संघका जापानका अध्यक्ष नबिन गुरुङले गरेका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले प्राप्त गर्ने १० हजार बालकोट स्थित शेरवहादुर खड्का स्मृति प्रतिष्ठानले सौजन्य गरेको छ । बिधागततर्फ उत्कृष्ट स्पाइकर , उत्कृष्ट सेटर, उत्कृष्ट ब्लककर, उत्कृष्ट क्विकर, उत्कृष्ट सर्भर र उत्कृष्ट डिफेन्डरले जनहि ५ हजार नगद र ट्रफि प्राप्त गर्ने छन् ।
कुल ३४ लाख १४ हजार खर्च अनुमान गरिएको प्रतियोगिताका लागि मुख्य प्रायेजक शिवम् सिमेन्टले पाँच लाख उपलब्ध गराएको छ । शिवम् सिमेन्टका सेल्स एन्ड मार्केटिङ उपाध्यक्ष सजन देवकोटाले प्रतियोगिता संयोजक राईलाई चेक प्रदान गरे । उपाध्यक्ष देवकोटाले उत्कृष्ट खेल पस्केर सबैको मन जित्न सफल न्यु डायमन्डलाई उत्कृष्ट प्रतियोगिता आयोजना गर्न शुभकामना दिए ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफले तेस्रो स्थानमा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ। लोकेश बमको विष्फोटक इनिङकोमा लिगको आफ्नो अन्तिम खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको छ। अर्का दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पिएम कपको फाइनल खेल्ने पक्का हुँदा एपिएफ तेस्रो भएको छ। पुलिस र आर्मीबीच […]