default_image

7 years ago

January 26, 2018

ढोरपाटन लिग भलिबलमा टप्समाथि न्यु डायमण्डको सहज जित

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शिवम् न्यु डायमण्ड एकेडेमीले राजधानीमा जारी १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा आफ्नो अपराजित यात्रा जारी राखेका छन् ।

प्रतियोगिताको नवौं दिन सकिँदा शीर्ष स्थानमा रहेको शिवम् न्यु डायमण्डले पोखराको टप्स उच्च माविलाई ३–१ को जित निकाल्दै प्रतियोगितामा अपराजित रहन सफल भएको हो । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार भएको खेलमा डायमण्डले पहिलो सेटमा पछि परेको स्थिति उल्ट्याउदै टप्समाथि जित निकालेको हो । डायमण्डले पहिलो सेट २०–२५ ले गुमाएको थियो । त्यसपछि उत्कृष्ट प्रदर्शन गरेको डायमण्डले टप्समाथि २५–१९, २५–१८ र २५–९ को सहज जित निकाल्यो ।

शुक्रबारै भएको अर्काे खेलमा नेपाल एपीएफ क्लबले पूर्वाञ्चललाई ३–० को सोझो सेटमा पराजित गर्दै शीर्ष स्थानको डायमण्डलाई पछ्याइरहेको छ । एपीएफले पूर्वाञ्चलमाथि २५–७, २५–११ र २५–११ को सोझो सेटमा हरायो । शुक्रबार विभागीय नेपाल पुलिस क्लबले दोहोरो जित निकाल्न सफल भयो । पहिलो खेलमा पूर्वाञ्चललाई २५–१०, २५–१२ र २५–३ को सहज जित निकाल्दा अर्काे खेलमा थ्री स्टार एकेडेमीमाथि २५–५, २५–७ र २५–४ को सहज जित निकाल्यो । मेघौली स्पोर्टस् क्लब दाङले स्प्रिङडेललाई २५–२१, २५–१९ र २५–१८ ले पराजित गर्दा त्रिभुवन आर्मीले श्रीगाँउ दाङलाई २५–१२, २५–१७ र २५–२३ ले पराजित गर्‍यो ।

डायमण्ड ९ खेलबाट अपराजित रहँदै २७ अंक जोडेर लिगको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको एपीएफ अपराजित रहँदै २४ अंक जोडेर दोस्रो स्थानमा छ । नेपाल पुलिस क्लब ९ खेलबाट २१ अंकसहित तेस्रो तथा आर्मी ८ खेलबाट १८ अंक जोडेर चौथो स्थानमा छ । टप्स उच्च मावि ७ खेलबाट १५ अंकसहित पाँचौ स्थानमा झरेको छ । श्रीगाँउ दाङ र पूर्वाञ्चल समान ९ अंकसहित लिगको छैटौं र सातौं स्थानमा रहेका छन् । १२ टोलीले सहभागिता जनाएको प्रतियोगिताको शीर्ष सात टोली दोस्रो चरणको लागि छनोट हुनेछ । माघ १९ गतेसम्म चल्ने प्रतियोगिताको दोस्रो लिग माघ १६ गतेबाट हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत शनिबार पनि ६ खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा श्रीगाँउ दाङले मेघौली स्पोर्टस् क्लब, नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लब, शिवम् न्यु डायमण्डले पूर्वाञ्चल, नेपाल एपीएफ क्लबले टप्स उच्च मावि, पुलिसले श्रीगाँउ र मेघौलीले थ्री स्टारसँग प्रतिस्पर्धा गर्दैछ ।

March 26, 2025

फिफाका पूर्व अध्यक्ष ब्लाटरसँगै प्लाटिनीले पाए सफाई

एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]

March 26, 2025

ललितपुर सिटीका इमोह  र पापा आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न  इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा‌ च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह   गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको‌ फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले  […]

March 26, 2025

पिएम कप – अन्तिम खेल जित्दै एपिएफ तेस्रो

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफले तेस्रो स्थानमा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ। लोकेश बमको विष्फोटक इनिङकोमा लिगको आफ्नो अन्तिम खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको छ। अर्का दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पिएम कपको फाइनल खेल्ने पक्का हुँदा एपिएफ तेस्रो भएको छ। पुलिस र आर्मीबीच […]

Success

Thank you for your time.