default_image

7 years ago

January 25, 2018

न्यु डायमण्ड र एपीएफको अपराजित यात्रा जारी

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शिवम् न्यु डायमण्ड एकेडेमी र विभागीय नेपाल एपीएफ क्लबले राजधानीमा जारी १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा आफ्नो अपराजित यात्रा जारी राखेका छन् ।

प्रतियोगिताको आठौं दिन सकिदा शीर्ष स्थानमा रहेको शिवम् न्यु डायमण्डले पारामाउन्ट हाई स्कुललाई २५–३, २५–२ र २५–७ को सोझो सेटमा पराजित गर्दा एपीएफले श्रीगाँउ दाङलाई २५–११, २५–११ र २५–९ को सोझो सेटमा पराजित गर्दै लिगमा अपराजित रहन सफल भयो ।
अपराजित रहेको न्यु डायमण्ड ८ खेलबाट २४ अंकसहित शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको एपीएफ २१ अंकसहित दोस्रो स्थानमा यथावत छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेल मैदानमा बिहिबार भएको प्रतिस्पर्धात्मक खेलमा विभागीय नेपाल पुलिस क्लबले टप्स उच्च माविलाई ३–१ को सेटमा पराजित गर्‍यो । पुलिसले टप्समाथि पहिलो सेटमा २५–१६ को जित निकालेको थियो । दोस्रो सेट भने टप्सले २५–१६ ले आफ्नो पक्षमा पार्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट भने पुलिसले २६–२४ ले तथा चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । प्रतियोगितामा टप्सको यो पहिलो हार हो । जितपछि पुलिस ७ खेलबाट १५ अंकसहित तेस्रो स्थानमा रहेको छ । टप्स भने ६ खेलबाट १५ अंकसहित चौथो स्थानमा उक्लिएको छ । ७ खेलबाट आर्मी १५ अंकसहित पाचौं स्थानमा रहेको छ ।

बिहिबार त्रिभुवन आर्मी क्लबले थ्री स्टार एकेडमीलाई २५–६, २५–५ र २५–५ को सोझो सेटमा हरायो । मेघौली स्पोर्टस् क्लबले पूर्वाञ्चलमाथि १७–२५, २५–१७, २५–१४, २१–२५ र १५–१३ को रोमाञ्चक जित निकाल्यो । अर्काे खेलमा टप्सले न्यु डायमण्ड स्पोर्टस् क्लबमाथि २५–८, २५–१२ र २५–६ को सहज जित निकाल्यो ।

प्रतियोगिता अन्तर्गत शुक्रबार पनि ६ खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा पुलिसले पूर्वाञ्चल, स्प्रिङडेलले मेघौली, पुलिसले थ्री स्टार एकेडेमी, श्रीगाँउ दाङले त्रिभुवन आर्मी, एपीएफले पूर्वाञ्चल र शिवम् नयु डायमण्डले टप्ससँग प्रतिस्पर्धा गर्नेछन् ।

March 26, 2025

फिफाका पूर्व अध्यक्ष ब्लाटरसँगै प्लाटिनीले पाए सफाई

एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]

March 26, 2025

ललितपुर सिटीका इमोह  र पापा आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न  इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा‌ च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह   गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको‌ फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले  […]

March 26, 2025

पिएम कप – अन्तिम खेल जित्दै एपिएफ तेस्रो

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफले तेस्रो स्थानमा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ। लोकेश बमको विष्फोटक इनिङकोमा लिगको आफ्नो अन्तिम खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको छ। अर्का दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पिएम कपको फाइनल खेल्ने पक्का हुँदा एपिएफ तेस्रो भएको छ। पुलिस र आर्मीबीच […]

Success

Thank you for your time.