7 years ago
January 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तीन मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय पुरुष भलिबल टोली बिहिबार हङकङ प्रस्थान गर्ने भएको छ ।
२१ सदस्यीय नेपाली भलिबल टोलीलाई प्रतिनिधि सभा सदस्य तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार एक कार्यक्रमका बीच विदाई गरे । टोली बिहिबार हङकङ प्रस्थान गर्नेछ । इम बहादुर मगरको कप्तानीमा नेपाली टिमले माघ १४ र १५ गते हङकङको राष्ट्रिय टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । त्यस्तै मकाउको राष्ट्रिय टिमसँग माघ १७ गते मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ ।
नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माको नेतृत्वमा बिहिबार त्यसतर्फ प्रस्थान गर्ने नेपाली टोली २१ सदस्यको रहेको छ । ओपन स्पाईकरमा मानवहादुर श्रेष्ठ, कुलवहादुर थापा, धनवहादुर भट्ट र दिलवहादुर सुनार रहेका छन् । हरिवहादुर अधिकारी, महेन्द्र श्रेष्ठ र भैरब बमले क्वीक स्पाईकरको भूमिका निर्वाह गर्नेछन् । टोलीमा अलराउण्डरको भूमिकामा राजकुमार निरौला र नरेन्द्र गिरी रहेका छन् । लिब्रो (डिफेन्स) को भूमिकामा इश्वर थापा रहँदा सहायक सेटरको जिम्मेवारी दुर्गाप्रसाद महत्तोले निभाउनेछन् ।
नेपाल भलिबल संघका अध्यक्ष शर्माका साथमा महासचिव जितेन्द्रबहादुर चन्द र विद्यालय भलिबल कमिसनका उपाध्यक्ष युवराज श्रेष्ठ पनि टोलीका सदस्य हुन् । उनीहरुले नेपाली भलिबलको बिकास र बिस्तारमा दुई देश बीच सहयोग आदन–प्रदानका लागि हङकङ र मकाउका भलिबलका उच्चपदाधिकारीसँग महत्वपुर्ण छलफल गर्ने कार्यक्रम रहेको छ ।
नेपाली टोलीमा बिरेन्द्र चौधरी मुख्य प्रशिक्षकको भूमिकामा रहँदा सहायक प्रशिक्षकमा जगदिश भट्ट रहनेछन् । टिम ब्यवस्थापको रुपमा नेपाल भलिबल संघका सदस्य राजकुमार गुरुङ रहेका छन् । टोलीसँगै रेफ्रीको भूमिकामा एशियन रेफ्रि क्यानिडेड पुर्णप्रसाद चौलागाई पनि साथमा रहने छन् । नेपाली टिममा दुई खेल पत्रकार पनि त्यसतर्फ जाँदैछन् ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफले तेस्रो स्थानमा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ। लोकेश बमको विष्फोटक इनिङकोमा लिगको आफ्नो अन्तिम खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको छ। अर्का दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पिएम कपको फाइनल खेल्ने पक्का हुँदा एपिएफ तेस्रो भएको छ। पुलिस र आर्मीबीच […]