7 years ago
January 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा लिगको शीर्ष स्थानमा रहेका नेपाल एपीएफ क्लब र शिवम् न्यु डायमण्ड एकेडेमीले आफ्नो अपराजित यात्रा कायमै राखेका छन् ।
प्रतियोगिता अन्तर्गत सोमबार नयाँ बसपार्कथित ढोरपाटन क्लबको खेल मैदानमा भएको खेलमा एपीएफले पारामाउन्ट स्कुल र शिवम् न्यु डायमण्डले मेघौली स्पोर्टस् क्लब चितवनलाई सोझो सेटमा पराजित गर्दै लिगमा अपराजित यात्रा कायमै राखेका हुन् । एपीएफले पारामाउन्टमाथि २५–६, २५–४ र २५–४ को सहज जित निकाल्यो । अर्काे खेलमा न्यु डायमण्डले मेघौलीमाथि २५–२, २५–१२ र २५–११ को सहज जित निकाल्न सफल भयो ।
लिगमा अपराजित रहेको एपीएफ ६ खेलबाट १८ अंक जोड्दै लिगको शीर्ष स्थानमा यथावत रहेको छ । एक खेल कम खेलेको शिवम् न्यु डायमण्ड १५ अंकसहित दोस्रो स्थानमा रहेको छ । दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब समान १२ अंकसहित तेस्रो र चौथो स्थानमा छ । पुलिसले एक खेल कम खेलेको छ ।
लिग अन्तर्गत सोमबारै भएको अर्काे खेलमा पोखराको टप्स माविले श्रीगाँउ स्पोर्टस् क्लब दाङमाथि २५–१४, २५–१८ र २५–२२ को सहज निकाल्यो । अर्काे खेलमा नेपाल पुलिस क्लबले न्यु डायमड स्पोर्टस् क्लबलाई २५–७, २५–५ र २५–१० को सेटमा पराजित गर्यो । थ्री स्टार एकेडेमीमाथि २५–११, २५–१७ र २५–१८ को सहज जित निकालेको पूर्वाञ्चल क्षेत्रीय महिला भलिबल टिमले आर्मीसँग २५–५, २५–५ र २५–७ को हार बेहोर्यो ।
प्रतियोगिता अन्तर्गत मंगलबार ४ खेल हुनेछ । दिनको पहिलो खेलमा श्रीगाँउ स्पोर्टस् क्लब दाङ र पारामाउन्ट स्कुलबीच खेल हुनेछ । दोस्रो खेलमा टप्सले मेघाौली स्पोर्टस् क्लब चितवनसँग खेल्नेछ । पूर्वाञ्चल क्षेत्रीय महिला भलिबल टोलीले न्यु डायमण्ड स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्दा शिवम् न्यु डायमण्ड एकेडेमी र नेपाल पुलिस क्लबबीच खेल हुने आयोजकले जनाएको छ । मंगलबार नै राष्ट्रिय कलाकार र नेपाल भलिबल संघका पदाधिकारीबीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिता माघ १९ गतेसम्म नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको खेल मैदानमा हुनेछ ।
प्रतियोगिताको चार विधामा उत्कुष्ट खेलाडीले युएम पावरम्याक्स स्कुटर पाउने छन् । बेष्ट प्लेयर, राइजिङ प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज बन्ने खेलाडीले स्कुटरका हकदार हुनेछन् । प्रतियोगिताका बेष्ट स्पाईकर, डिफेन्स, सेटर, सर्भर, ब्लकर, उत्कुष्ट क्वीकर र उत्कुष्ट कोचलले जनही ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिता शुरु भएको दिनदेखि अन्तिम समयसम्म टिकट काटेर खेल हेर्न आउने दर्शक मध्ये लक्की ‘ड्र’ बाट एक जनाले पावरम्याक्स स्कुटी प्राप्त गर्नेछन् । प्रत्येक दिन एक दर्शकले लक्की ड्रबाट डाइमण्ड मोबाइल पनि पाउनेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख २५ हजार, उपविजेताले १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार नगद पुरस्कार पाउने छन् । यस्तै चौथौ हुनेले ५० हजार, पाँचौंले ४० हजार, छैठौंले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद प्राप्त गर्नेछन् ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफले तेस्रो स्थानमा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ। लोकेश बमको विष्फोटक इनिङकोमा लिगको आफ्नो अन्तिम खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको छ। अर्का दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पिएम कपको फाइनल खेल्ने पक्का हुँदा एपिएफ तेस्रो भएको छ। पुलिस र आर्मीबीच […]