7 years ago
January 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभिए) ले एभीसी सेन्ट्रल जोन भलिबलमा पदक जित्न सफल नेपाली पुरुष भलिबल टोलीलाई नगदसहित सम्मान गरेको छ ।
संघले एनभीए सिटी ट्राभल्स एण्ड टुर्स अवार्डको अवसर पारेर सोमबार सेन्ट्रल जोन भलिबलमा कास्य जित्न सफल पुरुष टोलीलाई तीन लाखले सम्मानित गरेको हो । नेपाली भलिबल टोलीले गत चैतमा माल्दिभ्समा भएको एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा कास्य जित्न सफल भएको थियो । जुन ४१ वर्षअघि अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेल्न सुरु गरेको नेपालले जितेको यो पहिलो अन्तर्राष्ट्रिय पदक हो ।
कीर्गिस्तानसँग ३–० को सेटमा पराजित भएपछि नेपाल कांस्य पदकमा सिमित भएको थियो । सन् १९७६ मा पाकिस्तानमा काइदे आजम च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय भलिबलको यात्रा सुरु गरेको नेपालले १९७८, १९८२ र १९८६ मा एसियाली खेलकुदमा भाग लिएको थियो । १९८७ को तेस्रो दक्षिण एसियाली खेलकुद (साग) देखि निरन्तर भाग लिँदै आएको नेपालले पुरुष भलिबलमा कुनै पनि पदक जित्न सकेको थिएन । सागमा नेपालको महिला टोलीले भने तीन पदक कास्य पदक जितिसकेको छ ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफले तेस्रो स्थानमा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ। लोकेश बमको विष्फोटक इनिङकोमा लिगको आफ्नो अन्तिम खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको छ। अर्का दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पिएम कपको फाइनल खेल्ने पक्का हुँदा एपिएफ तेस्रो भएको छ। पुलिस र आर्मीबीच […]