7 years ago
January 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा पश्चिमाञ्चलको टप्स उच्च मावि पोखराले विजयी शुरुवात गरेको छ ।
तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद
प्रतियोगिताको चौथो दिन चलिरहँदा टप्सले पहिलो खेलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । टप्समा राष्ट्रिय टोलीका उपकप्तान मञ्जु गुरुङ र अरुणा शाहीले खेलेका छन् । पहिलो सेट २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको टप्सले दोस्रो सेट भने २१–२५ ले गुमाएको थियो । तर, त्यसपछिका दुवै सेट २५–२१ र २५–२१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
प्रतियोगिता अन्तर्गत आइतबार भएका अन्य खेलहरुमा लिगको शीर्ष स्थानमा रहेको नेपाल एपीएफ क्लब, शिवम् न्यु डायमण्ड एकेडेमीले आफ्नो अपराजित यात्रा कायमै राखे । एपीएफले चितवनको मेघौली स्पोर्टस् क्लबमाथि २५–५, २५–९ र २५–११ को सहज जित निकाल्यो । दोस्रो स्थानमा रहेको शिवम् न्यु डायमण्डले श्रीगाँउ स्पोर्टस् क्लब दाङमाथि २५–११, २५–१५ र २५–८ को सहज जित निकाल्यो । विभागीय नेपाल पुलिसले आइतबार दोहोरो जित दर्ता गर्न सफल भयो ।
पहिलो खेलमा पारामाउन्ट एकेडेमीलाई २५–१४, २५–८ र २५–८ ले पराजित गर्दा स्प्रिङडेलमाथि २५–१२, २५–१३ र २५–११ को सहज जित निकाल्यो । शिवम् न्यु डायमण्डसँग पराजित हुनुअघि श्रीगाँउ स्पोर्टस् क्लब दाङले थ्री स्टार एकेडेमीमाथि २५–१३, २५–३ र २५–१५ को सहज जित निकालेको थियो ।
प्रतियोगिता अन्तर्गत सोमबार ६ खेल हुनेछ । दिनको पहिलो खेलमा पूर्वाञ्चल क्षेत्रीय महिला भलिबल टोलीले थ्री स्टार एकेडेमी, नेपाल पुलिस क्लबले न्यु डायमण्ड स्पोर्टस् क्लब, शवम् न्यु डायमण्डले मेघौली स्पोर्टस् क्लब चितवन, टप्सले श्रीगाँउ स्पोर्टस् क्लब दाङ, नेपाल एपीएफ क्लबले पारामाउन्ट स्कुल र पूर्वाञ्चलले त्रिभुवन आर्मी क्लबसँग खेल्ने कार्यत्रलम छ ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफले तेस्रो स्थानमा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ। लोकेश बमको विष्फोटक इनिङकोमा लिगको आफ्नो अन्तिम खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको छ। अर्का दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पिएम कपको फाइनल खेल्ने पक्का हुँदा एपिएफ तेस्रो भएको छ। पुलिस र आर्मीबीच […]