7 years ago
January 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभिए)ले पहिलोपटक आयोजना गर्न लागेको एनभिए अवार्डका लागि सिटी ट्राभल्स एण्ड टुर्सको साथ पाएको छ ।
एभनिए र सिटी ट्राभल्सले अवार्डका लागि शनिबार ३ वर्षको लागि साढे १० लाख रकमको सम्झौता गरेको छ । सम्झौतामा एनभिएका अध्यक्ष मनोरन्जन रमण शर्मा र सिटी ट्राभल्सका निर्देशक शिर बहादुर तामाङले हस्ताक्षर गरे । अवार्ड कार्यक्रम सोमबार गरिने नेपाल भलिबल संघले जनाएको छ ।
अवार्ड खेलाडी, प्रशिक्षक, टिम, उदयीमान खेलाडी र विभिन्न जिल्ला, क्षेत्र र संघसंस्थालाई गरी ४८ वटा अवार्ड प्रदान गरिने जनाएको छ ।नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादर चन्दले अवार्ड सेरेमोनीमा महिला र पुरुषको ‘बेस्ट टिम अफ दी इयर, महिला र पुरुषको ‘बेस्ट प्लेअर अफ दि इयर’, महिला र पुरुषको ‘इमर्जिङ प्लेअर अफ दि इअर’ तथा महिला र पुरुषको ‘कोच अफ दि इअर’लाई अवार्ड प्रदान गरिनेछ ।
एनभिएले २०७३ सालमा आयोजना गरेको विभिन्न प्रतियोगिताको आधारमा भलिबल संघका उपाध्यक्ष निरोज मास्केको संयोजकत्वमा रहेको ७ सदस्यीय छनोट समितिले छनोट गरेका खेलाडीहरुलाई अवार्ड प्रदान गरिने चन्दले बताए ।
‘बेस्ट टिम अफ दि इअर’लाई समान ५०–५० हजार प्रदान गरिनेछ। यस्तै बेस्ट प्लेअर र बेस्ट कोचलाई २५–२५ हजार तथा इमर्जिङ प्लेअरलाई १५–१५ हजार प्रदान गरिनेछ । यस्तै एनभिएका सचिव जगदिश भट्टको संयोजनमा विभिन्न ४० जिल्ला, क्षेत्र र संघसंस्था छनोट गरी अवार्ड प्रदान गरिनेछ ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफले तेस्रो स्थानमा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ। लोकेश बमको विष्फोटक इनिङकोमा लिगको आफ्नो अन्तिम खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको छ। अर्का दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पिएम कपको फाइनल खेल्ने पक्का हुँदा एपिएफ तेस्रो भएको छ। पुलिस र आर्मीबीच […]