default_image

7 years ago

January 17, 2018

ढोरपाटन महिला भलिबलको तयारी पूरा

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

आयोजक ढोरपाटन स्पोर्टस क्लबले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । प्रतियोगिता माघ ४ गतेबाट १९ गतेसम्म नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुनेछ । ढोरपाटनका अध्यक्ष मनवीर छन्त्यालले मैदान सम्याउने, ब्यानरहरु राख्ने लगायतको सम्पूर्ण कार्यहरु पुरा भएको र प्रतियोगिताको लागि अन्य तयारी पनि सकिएको बताए ।

प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्यु डायमन्ड एकेडेमी, न्यु डायमन्ड स्पोर्ट्स क्लब, पोखराको टप्स हाई स्कुल, पूर्वाञ्चल क्षेत्रिय महिला भलिबल टोली, पारामाउन्ट हाइस्कुल, स्प्रिङडेल इङ्लिस स्कुल, श्री गाउँ स्पोर्ट्स विकास समिति, मेघौली स्पोर्ट्स फाउन्डेसन र थ्रीस्टार एकेडमी गरी १२ टोलीको सहभागिता रहने छ ।

प्रतियोगितालाई इनर्जी ड्रिङ्क रेडबुलले ३ वर्षको लागि मुख्य प्रायोजन गरेको छ । सह–प्रायोजक आइएमी अटोमोटिभ्सले पनि तीन वर्षको लागि सह–प्रायोजन गरेको छ । प्रतियोगिताको विजेताले ३ लाख २५ हजार, उपविजेताले १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार नगद पुरस्कार पाउने छन् । यस्तै चौथौ हुनेले ५० हजार, पाँचौंले ४० हजार, छैठौंले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतियोगिताको चार विधामा उत्कुष्ट खेलाडीले युएम पावरम्याक्स स्कुटर पाउने छन् । बेष्ट प्लेयर, राइजिङ प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज बन्ने खेलाडीहरु स्कुटरका हकदार हुनेछन् । प्रतियोगिताका बेष्ट स्पाईकर, डिफेन्स, सेटर, सर्भर, ब्लकर, उत्कुष्ट क्वीकर र उत्कुष्ट कोचले जनही ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिता शुरु भएको दिनदेखि अन्तिम समयसम्म टिकट काटेर खेल हेर्न आउने दर्शक मध्ये लक्की ‘ड्र’ बाट एकजनाले पावरम्याक्स स्कुटी प्राप्त गर्नेछन् । प्रत्येक दिन एक दर्शकले लक्की ड्रबाट डाइमण्ड मोबाइल पनि पाउनेछन् ।

यसैबीच ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितालाई सामाखुसी बोर्डिङ स्कुल (सेब) ले सह प्रायोजन गरेवापत सेब स्कुलका प्रिन्सिपल युवराज थापा, स्कुलकी निर्देशक मधुमाया थापाले आयोजक ढोरपाटन स्पोर्टस् क्लका अध्यक्ष मनवीर छन्त्याललाई संयुक्त रुपमा चेक हस्तान्तरण गरे । सहप्रयोजन बापत सेबले एक लाख नगद र एक लाख बराबरको खेलकुद पोसाक, ब्यानरमा खर्च गर्नेछ । सोही अवसरमा बिजी मलकी बजार प्रमुख पुजा अधिकारीले पनि छन्त्याललाई सह–प्रायोजन बापतको १ लाख १० हजार रुपैयाँको चेक हस्तान्तरण गरिन् ।

डबल लिग राउण्डमा हुने प्रतियोगिताको पहिलो दिन ६ खेल हुने आयोजकले जनाएको छ । पहिलो दिन पारामाउन्ट स्कुल र स्प्रिङडेल इंग्लिस स्कुल, शिवम् न्यु डायमण्ड एकेडेमी र न्यु डायमण्ड स्पोर्टस् क्लब, नेपाल एपीएफ क्लब र स्प्रिङडेल इंग्लिस स्कुल, त्रिभुवन आर्मी क्लब र न्यु डायमण्ड स्पोर्टस् क्लब तथा पारामाउन्ट स्कुल र थ्री स्टार एकेडेमीबीच खेल हुनेछ ।

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

Success

Thank you for your time.