7 years ago
January 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमण्ड एकेडेमीको आयोजनामा ‘शिवम् न्यु डायमण्ड कप खुला महिला भलिबल प्रतियोगिता’ हुने भएको छ ।
प्रतियोगिता माघ २१ गतेबाट २३ गतेसम्म नयाँ बसपार्कस्थत ढोरपाटन स्पोर्टस क्लबको खेल मैदानमा हुने न्यू डायमण्ड एकेडेमीका प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले जानकारी गराए ।
न्यू डायमण्डलाई राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने एकेडेमीको रुपमा लिइन्छ । डायमण्डले रमिला ताण्डुकार, प्रतिभा माली, रेश्मा भण्डारी र कृपा अधिकारीजस्ता राष्ट्रिय टिमका खेलाडी उत्पादन गरिसकेका छन् । शिवम् सिमेन्टले न्यू डायमण्ड एकेडेमीलाई प्रतियोगिता आयोजना गर्न तथा अन्य सुविधाका लागि १ वर्षको लागि गत भदौमा मुख्य प्रायोजन गरेको थियो ।
सम्झौता अनुसार शिवम् सिमेन्टले न्यू डायमण्डलाई एक वर्षका लागि ८ लाख नगद सहयोग गर्नेछ । त्यसमा न्यु डायमन्डले आयोजना गर्ने एउटा प्रतियोगितामा शिवम सिमेन्ट मुख्य प्रायोजकको रुपमा रहने उल्लेख भएको थियो । प्रतियोगितामा १३ औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताका शीर्ष ६ टोलीले प्रतिस्पर्धा गर्ने प्रशिक्षक राईले जानकारी गराए ।
प्रतियोगिताको विजेताले १ लाख ५१ हजार रुपैयासहित शिल्ड र मेडल प्राप्त गर्नेछन् । दोस्रो हुनेले १ लाख १ हजार र तेस्रो हुनेले ५१ हजार तथा चौथो हुनेले २१ हजार प्राप्त गर्नेछ । यस्तै व्यक्तिगत विधातर्फ सर्वोकृष्ट खेलाडीले १० हजार रुपैया प्राप्त गनृेछ । उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, क्विकर, सर्भर र डिफेन्डरले समान ५-५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको लागि करिब ३४ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताबाट बचेको रकम इन्डोर प्रशिक्षण हलका लागि जम्मा गरिने आयोजकले जनाएको छ ।
March 30, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]
March 30, 2025
एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]