default_image

7 years ago

January 6, 2018

छन्त्याल कन्ट्रक्सनलाई भलिबल उपाधि

117 views

0 Bookmark

अर्जुन कार्की
बागलुङ– छन्त्याल कन्ट्रक्सनले बागलुङमा खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।पाँचौं बागलुङ महोत्सवको मुख्य आकर्षण मध्ये एकका रुपमा रहेको पुरुष भलिबलको फाइनलमा आज पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ कास्कीलाई ३–० को सोझो सेटमा हराउँदै छन्त्यालले उपाधि जितेको हो ।

छन्त्याल कन्ट्रक्सनले २५–२१, २७–२५ र २५–२१ को नतिजा निकालेको थियो । पश्चिमाञ्चलले फाइनल अघि कुनै खेल हारेको थिएन। उपाधिसहित छन्त्यालले १ लाख १ हजार १ सय ११ तथा पश्चिमाञ्चलले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो । छन्त्याललाई फाइनल जिताउन उत्कृष्ट खेल प्रदर्शन गरेका अनिल थापा उत्कृष्ट खेलाडी घोषित हुँदै ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डा तेस्रो भयो । २३ नम्बर बाहिनी अड्डाले गल्कोट नगरपालिकालाई २५–२२, २५–१६ र २५–२३ को सोझो सेटमा हराएको थियो । बाहिनीले २० हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो । महिला भलिबल हिजो सम्पन्न भएको थियो । उद्योग बाणिज्य संघ बागलुङको आयोजनामा पुस १४ देखि सुरु भएको महोत्सव २३ गतेसम्म संचालन हुनेछ ।

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

Success

Thank you for your time.