7 years ago
January 5, 2018
अर्जुन कार्की
बागलुङ –बागलुङमा पाँचौं बागलुङ महोत्सवको आकर्षणमध्ये रहेको खुला महिला भलिबल प्रतियोगिताको उपाधि दर्शन ट्रान्सपोटले जितेको छ ।आज भएको फाइनलमा नेपाल खेलकुद महासंघ बागलुङलाई ३–० को सोझो सेटमा हराउँदै दर्शनले उपाधि जितेको हो ।
एकपक्षिय खेलमा दर्शनले खेलकुद महासंघलाई २५–१२, २५–१३ र २५–१८ ले हराएको थियो । दर्शनबाट पूर्व राष्ट्रिय खेलाडी रमिला तन्डुकारसहित राष्ट्रिय खेलाडी मञ्जु गुरुङ, कृपा अधिकारी, अरुणा शाही ठकुरी खेलेका थिए ।
दर्शनले उपाधिसहित ७४ हजार ४४ र महासंघले ३० हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो । गल्कोट नगरपालिकालाई पराजित गर्दै तेस्रो भएको बागलुङले २० हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो । दर्शन ट्रान्सपोटकी स्पाइकर रमिला तन्डुकार प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन् र उनले ५ हजार रुपैयाँ प्राप्त गरिन ।
त्यस्तै खुला पुरुष भलिबलको उपाधिको लागि पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ र छन्त्याल कन्ट्रक्सन बागलुङबीच प्रतिस्पर्धा हुने भएको छ । आज भएको सेमिफाइनलमा गल्कोट नगरपालिकालाई ३–० ले हराउँदै पश्चिमा ञ्चल र नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डालाई ३–१ ले हराउँदै छन्त्याल कन्ट्रक्सनले अन्तिम दुईको यात्रा तय गरे ।
पहिलो सेटमा नेपाली सेनाको टोलीले पहिलो सेटमा २५–१९ को अग्रता लिएपनि त्यसपछि छन्त्याल कन्ट्रक्सनले २५-१७,३५-३३,२५-१० का साथ नतिजा आफ्नो पक्षमा पार्यो । अर्को सेमिफाइनलमा पश्चिमाञ्चलले गल्कोटलाई २७–२५, २५–१५ र २५–२३ को सोझो सेटमा पराजित ग¥यो । फाइनल र तेस्रो स्थानको दुवै खेल शनिबार हुने भलिबल उपसमितिका सदस्य सन्दिप पन्तले जानकारी दिए ।
पुरुष भलिबलको विजेताले उपाधिसहित १ लाख १ हजार १ सय ११ रुपैयाँ, दोस्रोले ५५ हजार ५ सय ५५ र तेस्रो हुने टोलीले २० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट पुरुष खेलाडीले पनि ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पुस १४ गते सुरु भएको महोत्सव २३ गतेसम्म सकिनेछ ।
March 30, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]
March 30, 2025
एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]