7 years ago
January 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चौथो महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितालाई नेपाल स्याटेलाइट टेलिकम प्रालिले मुख्य प्रायोजन गरेको छ । नेपाल भलिबल संघ र स्याटेलाइटबीच फागुनमा हुने भलिबल प्रतियोगितालाई वार्षिक २० लाखको दरले दुई वर्षको लागि ४० लाख दिने सम्झौता भएको हो ।
सम्झौता पत्रमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र नेपाल स्याटेलाइट टेलिकमका अध्यक्ष अस्मिता सुमार्गीले शुक्रबार हस्ताक्षर गरे । च्याम्पियनसिप आउँदो फागुन ११ गतेबाट १९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा हुनेछ । सम्झौतापछि स्याटेलाइटका अध्यक्ष अस्मिता सुमार्गाीले नेपालको राष्ट्रिय खेल भलिबलको प्रतियोगितालाई मुख्य प्रायोजन गर्न पाउँदा खुशी लागेको बताइन् ।
‘हामीले प्रतियोगिताको लागि मात्र दुई वर्षे सम्झौता गरेका हौं । यस बीचमा हामी सक्ने जति सहयोग गर्न तयार छौं ।’ अध्यक्ष सुमार्गीले भनिन्, ‘कुनै एउटा प्राइभेट कम्पनी खेलसँग जोडिनु खुशीको विषय हो । आज हामी खेलसँग जोडिएका छौं । भोलि अर्काे कुनै प्राइभेट कम्पनी जोडिन सक्छ । यसरी नै खेलको विकास हुने हो ।’
नेपालको पुरुष भलिबल टिमले कांस्य जितेको प्रसङ्ग जोड्दै अध्यक्ष सुमार्गीले अब कांस्य मात्र हैन गोल्ड मेडल जित्न आग्रह गरिन् । स्याटेलाइटको खेलकुदमा यो दोस्रो पटकको प्रवेश हो । यसअघि स्याटेलाइटले क्रिकेटलाई प्रायोजन गरेको थियो । यस्तै भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले स्याटेलाइट कम्पनी भलिबलसँग जोडिनाले भलिबलको विकासमा थप टेवा पुग्ने बताए ।
चौथो महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा पुरुषतर्फ १२ र महिला तर्फ ९ टिमको सहभागिता रहनेछ । उक्त प्रतियोगितामा शीर्ष आठमा रहने पुरुष टिम र शीर्ष ६ मा रहने महिला टिम चैत्रदेखी वैशाखमा आयोजना हुने आरआरवी एनभीए राष्ट्रिय क्लब लिग च्याम्पियनसिपको लागि छनोट हुने संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी गराए ।
च्याम्पियनसिपको दुवै तर्फको विजेताले समान १ लाख ५० हजार प्राप्त गर्नेछन् । दुवैतर्फ दोस्रो हुनेले १ लाख र तेस्रो हुने टिमले ६० हजार प्राप्त गर्नेछन् । च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले समान १५-१५ हजार प्राप्त गर्नेछन् भने व्यक्तिगत विधाको दुवैतर्फको ब्लकर, लिफ्टर, स्पाइकर, लिवेरो, सर्भर र प्रशिक्षकले जनही ५-५ हजार प्राप्त गर्नेछन् ।
March 30, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]
March 30, 2025
एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]