7 years ago
December 27, 2017
सुनसरी (हाम्रो खेलकुद) – इटहरीमा हुन गइरहेको १२ औं अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियन्सिप (आईओएफटीसी) को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता यही पुस १७ र १८ गते सुनसरीको इटहरी रंगशालाको नवनिर्मित कभर्डहलमा आयोजना हुँदै छ ।
बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक कमिटीका संयोजक राष्ट्र राईले च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको बताए । प्रतियोगितामा १३ देशको सहभागिता पक्का भएको पनि पत्रकार सम्मेलनमा जनाइयो ।
च्याम्पियनसिपमा नेपाल लगायत भारत, बंगलादेश, अमेरिका, बेलायत, अष्ट्रेलिया, कम्बोडिया, मोरक्को, इतोपिया, घाना, नाइजेरिया र क्यानाडाको सहभागिता पक्का भइसकेको हो । कुल ५ सय खेलाडिको सहभागिता हुने अनुमान गरिएको आयोजक कमिटीका सचिव दिपेन्द्र दाहालले जनाए ।
च्याम्पियनसिपमा नेपालबाट ३ सय भन्दा बढि प्रतिस्पर्धी रहेको पनि बताइएको छ । च्याम्पियनसिपमा अत्याधुनिक खेल सामग्री प्रयोग गरिने आयोजकले जनाएको छ ।
त्यस्तै उत्कृष्ट महिला तथा पुरुष खेलाडिले ५० हजार नगद प्राप्त गर्ने छन् भने उत्कृष्ट महिला तथा पुरुष प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने छ । यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट ३० लाखको सहयोग पनि गरिएको छ ।
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- च्यासल युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित दर्ज गरेको छ। च्यासलले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले हराउँदै महत्वपपूर्ण ३अंक जोड्यो। एन्फा कम्प्लेक्समा आज भएको तेस्रो चरणको पहिलो खेलमा दुवै टोली पहिलो जितको खोजीमा थिए। पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन। दोस्रो हाफ च्यानलको लागि सुखद रहयो। ५८ […]
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]