7 years ago
December 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर प्याट्रियट्स टीभिएस एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ ।
बुधबार भएको इलिमिनेटर खेलमा पोखरा राइनोजलाई २७ रनले पराजित गर्दै ललितपुरले क्वालिफायरको दोस्रो खेलमा भैरहवा ग्लाडियटर्ससँगको भेट पक्का गरेको हो । क्वालिफायरको दोस्रो खेल बिहिबार हुनेछ । ललितपुरले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको पोखरा १९.१ ओभरमा १ सय ११ रनमा समेटियो ।
पोखराका लागि इसरारुल्लाहले सर्वाधिक २५ रनको योगदान दिए । पुछारका ब्याट्सम्यान किशोर महतो र ताज वालीले अन्तिम विकेटको लागि ३३ रनको साझेदारी गरेपनि टिमलाई जित दिलाउन सकेनन् । किशोरले रनको २३ योगदान दिए । ताज वाली १० रनमा आउट भए ।सुसन भारी १७ रनमा आउट भए ।
पोखराका अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् । पोखराका शक्ति गौचन ८, सौरभ खनाल ५, राजेश पुलामी ४ रनमा पभेलियन फर्किए । आसिफ अली र विनोद भण्डारी समान २ रनमा आउट भए । पोखरालाई सस्तैमा समेट्न ललितपुरका सन्नी पटेल, पवन सर्राफ र सन्दिप लामिछानेले समान २ विकेट लिए । दिपेश भण्डारीले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३८ रनको सामान्य योगफल तयार पारेको थियो । ललितपुरका लागि शंकर रानाले सर्वाधिक ३९ रनको योगदान दिए । ओपनर शंकर राना ३५ रनमा आउट भए । अर्का ओपनर जयकिसन कोल्सावाला २८ रनमा आउट भए । कोल्सावाला र शंकर रानाले पहिलो विकेटको लागि ६० रनको साझेदारी गरेका थिए ।
राम्रो सुरुवात गरेको ललितपुरले ७६ रनमा महत्वपूर्ण ४ विकेट गुमाउन पुग्यो । यस बीचमा ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल २, कुशल भुर्तेल ८ र सोनु तामाङ शुन्य रनमै आउट भए । कप्तान मल्ल सुसन भारीको बलमा एलबिडब्लुको शिकार भएका थिए । म्यान अफ द म्याच सन्नी पटेल ३९ रनमा तथा दिपेश भण्डारी १९ रनमा नटआउट रहे । दिपेश र सन्नीले छैटौ विकेटको लागि ६२ रनको साझेदारी गरे ।
पोखराका ईशारारुल्लाहले ४ ओभरमा १४ रन खर्चदै ३ विकेट लिन सफल भए । सुसन भारीले र रसिद खनाले २ विकेट लिए । राउण्ड रोविन लिगको आधारमा गत पुस ३ गतेबाट सुरु भएको प्रतियोगितामा विभिन्न ६ शहरका ६ टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको विजेताले २१ लाख रुपैया प्राप्त गर्नेछ ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]