7 years ago
December 26, 2017
ललितपुर (हाम्रो खेलकुद )- टेबल टेनिसका पूर्व नम्बर एक खेलाडी शिवसुन्दर गोथे दुर्घटनामा परि घाइते भएका छन् । ललितपुर हात्तीवनको लिटिल एन्जेल्स स्कुल पछाडि सेती पाखाको बाटोमा हिडिरहेको समयमा मिनि ट्रकले ठक्कर दिएपछि शिवसुन्दर घाइते भएका हुन् ।
उनको बि एन्ड बिको आकस्मिक सेवामा उपचार भइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव समेत रहेका शिवसुन्दर लिटिल एन्जेल्सका टेबल टेनिस प्रशिक्षक हुन् ।
‘दिउँसो २:३० बजे हिडिरहेको बेला मिनि ट्रकले पछाडिबाट हानेपछि म अचेत भए,’ सामान्य बोलचाल गर्ने अवस्थामा रहेपनि कम्मरको भागमा दुखाई भइरहेको जनाउँदै शिवसुन्दरले भने,’मैले थाहा पाउँदा ट्रकको तल थिए । त्यही अवस्थामा म माथि ट्रक चडाइयो।’
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]
May 2, 2025
एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]
May 2, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]