7 years ago
December 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर प्याट्रियट्सले राजधानीमा जारी टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दै प्ले अफमा प्रवेश गरेको छ ।
पराजित भएपनि पोखरा यसअघि नै प्ले अफमा पुगिसकेको हो । यी दुई टोलीले नै बुधबार नै प्ले अफ खेल्नेछ । अंक तालिकामा पोखरा ४ अंकसहित तेस्रो तथा पोखरा नेट रनरेटमा पछि पर्दै चौथो स्थानमा छ ।
पोखराले दिएको १ सय ३२ रनको लक्ष्य ललितपुरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । ललितपुरका लागि ओपनर जयकिसन कोल्सावाला र शंकर रानाले पहिलो विकेटको लागि ८४ रनको साझेदारी गर्दै जितको आधार देखाएका थिए ।
खेलको म्यान अफ दि म्याच घोषित भएका कोल्सावालाले सर्वाधिक ५६ रन बनाए । शंकर राना ३५ रनमा कप्तान शक्ति गौचनबाट बोल्ड आउट भएका थिए । कुशल भुर्तेल ५ रनमा आउट भए ।
आक्रमक ब्याटिङ गरेका कप्तान ज्ञानेन्द्र मल्लले १७ बलमा १ चौका र १ छक्काको मद्दतमा २७ रनमा अविजित रहे । जितका लागि अन्तिम बलमा १ रन चाहिएकाे अवस्थामा कप्तान मल्लले छक्का प्रहार गर्दै जित दिलाएका थिए ।
सन्नी पटेल पनि १ रनमा नटआउट रहे । दिपेश भण्डारी ८ रनमा आउट भएका थिए । पोखराका इसरार उल्लाहले २ तथा कपन शक्ति गौचन र सुसन भारीले समान २ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रनको मध्यम योगफल बनाएको थियो । पोखराका लागि ओपनर सुनिल धमलाले ७० रनको अविजित योगदान दिए । ६२ बल खेलेका सुनिलले २ चौका र ५ छक्का प्रहार गरे ।
सुनिल प्रतियोगितामा तेस्रो अर्धशतक बनाउने नेपाली खेलाडी बने । यसअघि पवन सर्राफ र दिपेन्द्रसिंह ऐरीले अर्धशतक पुरा गरेका थिए । अहिलेसम्म प्रतियोगितामा १२ अर्धशतक भएका छन् । त्यसमध्ये ९ अर्धशतक विदेशी खेलाडीको नाममा छ ।
राजेश पुलामी मगरले ३२ रन बनाए । सुनिल र राजेशले तेस्रो विकेटको लागि ६६ रनको साझेदारी गरे । छैटौ नम्वरमा ब्याटिङमा आएका विनोद भण्डारी १२ रनमा आउट भए । इसरार उल्लाह ३ तथा आसिफ अली २ रनमा पभेलियन फर्किएका थिए । ललितपुरका दिपेश भण्डारी, रसिद खान, ललित नारायण राजवंशी र सन्दिप लामिछानेले समान १ विकेट लिए ।
भैरहवा र विराटनगरले बुधबार नै क्वालिफायर खेल्ने छन् । सो खेलमा विजयी टोली सिधै फाइनल प्रवेश गर्ने छ । त्यस्तै पोखरा र ललितपुर बीचको विजेताले क्वालिफायरमा हारेको टोलीसँग दोस्रो एलिमिनेटर खेल्न पर्ने छ ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]