7 years ago
December 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्लाडियटर्स राजधानीमा जारी टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा पोखरा राइनोजलाई ७ विकेटले पराजित गर्दै भैराहवाले प्ले अफमा स्थान सुरक्षित गरेको हो ।
यसअघि विराटनगर वारियर्सले प्ले अफमा पुगिसकेको छ । अब प्ले अफमा दुई टोलीको टुङ्गो लाग्न बांकी छ । पोखराले दिएको १ सय ९ रनको लक्ष्य भैरहवाले १७.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।
भैरहवाको जितमा आरिफ शेखले ४८ रनको योगदान दिए । यस्तै कप्तान शरद भेषवाकरले ३२ रनको अविजित इनिङ्स खेले । शरद र आरिफ शेखले चौथो विकेटको लागि ७३ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए । विराटनगरका ताज वालीले २ तथा कप्तान शक्ति गौचनले १ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङको गर्ने निर्णय लिएको पोखरा राइनोजले १८.३ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रनको योगफल तयार गर्यो ।
तीन खेलाडीले मात्र दोहोरो अंक छुन सकेको पोखराका लागि इसरार उल्लाहले सर्वधिक ४१ रनको योगदान दिए । सुनिल धमलाले १५ रनमा आउट भए भने आसिफ अलि १० रनमा आउट भए । त्यस्तै सौरभ खनाल ९ रन र नुरधोज सेन ७ रनमा आउट भए ।
भैरहवाका लागि कप्तान शरद भेषवाकर, दिपेश श्रेष्ठ र कृष्ण कार्कीले समान २ विकेट लिए । हरि शंखर शाह, आसिफ अलि, प्रथम सलुंगी र पुनित मेहेराले एक एक विकेट लिए ।
लिग अन्तर्गत मंगलबार दुई खेल खेलिने छ । पहिलो खेलमा भैरहवाले चितवन टाइगर्ससँग खेल्दा दोस्रो खेल पोखरा राइनोज र ललितपुर प्याट्रियट्सबीच हुनेछ ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]