7 years ago
December 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले लिग चरणमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । सोमबार भएको खेलमा विराटनगरले काठमाडौं किङ्स इलेभेनलाई ८ रनले पराजित गर्दै लिग चरणमा आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।
विराटनगरले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रनमात्र बनाउन सक्यो । काठमाडौंका लागि कप्तान फरवेज महारुफले सर्वाधिक ४२ रनको योगदान दिए । नरेश बुढाऐर ३० रनमा आउट भए । ओपनर अमित श्रेष्ठ १७ तथा सिद्धान्त लोहनी १५ रनमा आउट भए । सागर पुन १३, सागर कुमार १२ रनमा आउट भए । अक्षु फर्नान्डो ३ रनमा आउट भए ।
विराटनगरका अंशुमन रथले ३ विकेट लिए । वसन्त रेग्मी र राम नरेश गिरीले समान २ विकेट लिए । करन केसी र पारस खड्काले पनि १-१ विकेट लिए । विराटनगरका अंशुमन रथ ‘म्यान अफ दि म्याच’ घोषित भए र १० हजार नगद प्राप्त गरे ।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रनको योगफल तयार गर्यो । विराटनगरका लागि बाबर हायातले सर्वधिक ६७ रनको योगदान दिए । अंशुमन रथ ३२ रनमा आउट भए भने कप्तान पारस खड्का २६ रनमा आउट भए । त्यस्तै अनिल शाह ९ रन र करण केसी ५ रनमा आउट भएका थिए ।
ओपनर आशिफ शेख शुन्य रनमा आउट भएका थिए । जितेन्द्र मुखियाको बलमा ६२ रनमा बाबर हायातको क्याच अक्षु फर्नान्डोले छुटाएका पनि थिए । काठमाडौंका सोमपाल कामी र अमरसिंह राउटेलाले समान २ विकेट लिएका थिए । कप्तान फरवेज महारुफ र जितेन्द्र मुखियाले एकएक विकेट लिए ।
लिगमा विराटनगर ५ खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ भने २ अंकसहित काठमाडौं पाँचौ स्थानमा छ । लिग अन्तर्गत आज पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सबीच खेद हुदैछ ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]