default_image

7 years ago

December 18, 2017

अजय सुवाल युएस ओपन टेबल टेनिस खेल्दै

131 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद)- नेपालका पुर्व नम्बर एक टेबल टेनिस खेलाडी अजय सुवालले आजबाट सुरु हुने युएस ओपनमा प्रतिस्पर्धा गर्दै छन्। सुवालले प्रतियोगिताको एमेचर तर्फ प्रतिस्पर्धा गर्न लागेका हुन्। प्रो विधामा विश्व बरियताका ६४ खेलाडीले मात्र प्रतिस्पर्धा गर्दछन्।

अध्ययनको सिलसिलामा हाल अस्ट्रेलियामा रहेका सुवालले उमेर समुहका खेलाडीहरुलाई प्रशिक्षण दिदै आएका छन् र प्रतियोगिताका लागि अगिल्लो महिना देखि तयारी गरिरहेका छन्।

अजयले पहिलो खेल आज राति नेपाली समय अनुसार १२:३० बजे खेल्दैछन्। लीग पद्दतिमा संचालन् हुने पहिलो चरणमा समुह ९ मा रहेका अजयले मार्क रोबर्ट, जी शान र अबेनोजारसँग खेल्ने छन्। एउटा समुहबाट एक खेलाडी मात्र अर्को चरणमा प्रवेश गर्नेछन्। प्रतियोगितामा ८०० खेलाडीको सहभागिता रहेको छ र  बिजयी हुने खेलाडीले ५ हजार डलर प्राप्त गर्नेछन।

May 2, 2025

ब्रेन्टफोर्डसँग नटिङ्घम फरेस्टको हार

एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ‌। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो।‌ सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]

May 2, 2025

युरोपा लिगमा टोटेनहमलाई सफलता

एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]

May 2, 2025

युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले‌ हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]

Success

Thank you for your time.