7 years ago
December 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले हुन गइरहेको एभरेष्ट प्रिमियर लिगलाई स्वीकृति दिएको छ । यस निर्णयसँगै अब विदेशी खेलाडिहरु पनि सो प्रतियोगितामा सहभागी हुने पाउने छन् ।
आइसीसीले आफ्नो निर्णय सबै सदस्य मुलुकहरुसम्म पनि पुर्याएको छ । नयाँ नियमावली अनुसार घरेलु क्रिकेट बोर्ड निलम्बन रहेका देशहरुमा प्रतियोगिता सञ्चालनका लागि आइसीसीको अनुमति चाहिने छ । इपिएलले आवश्यकताहरु पूरा गरी सो विवरण आइसीसीलाई बुझाएपछि प्रतियोगिताले स्वीकृति पाएको हो ।
आइसीसीका सिनियर सञ्चालन प्रबन्धक क्लाइब हिचककले बिहिबार इपीएललाई अनुमति सहित ई-मेल पठाएका हुन् । इपिएलले स्वीकृति फि २० हजार अमेरिकी डलर बुझाउनु पर्ने छ जुन नेपालकै क्रिकेट क्षेत्रको विकासमा सदुपयोग गरिने छ ।
यो स्वीकृति यस वर्षको प्रतियोगिताको लागि मात्र हो । यस निर्णयसँगै नेपालको कुनै पनि घरेलु प्रतियोगिताले आइसीसीको स्वीकृति पाएको यो पहिलो पटक हो ।
इपिएलले यो आफूलाई मात्र नभई लाखौं क्रिकेट प्रशंसकहरुका लागि खुसीको कुरा रहेको बताए । इपिएलले सबै प्रशंसक, खेलाडि र मिडियालाई निरन्तर साथको लागि धन्यवाद पनि दिए ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- क्रिजल एफसीले नवौं महिला फुटसलको उपाधि जितेको छ। वि युनाइटेडको आयोजना शनिवार भएको प्रतियोगिताको फाइनलमा बौद्ध अजिमा कम्युनिटीलाई २-० ले हराउँदै क्रिजल च्याम्पियन बनेको हो। क्रिजललाई जित दिलाउन रोशनी क्षेत्री र कुसुम खतिवडाले गोल गरिन्। सिम्बा खुकुरी प्रतियोगितामा तेस्रो भयो । रियल म्याड्रिड फ्यान क्लबलाई २-१ ले हराएर सिम्बाले तेस्रो स्थान प्राप्त […]