default_image

7 years ago

December 13, 2017

शुक्र,प्रतिमा र सुवास फाल्डो सिरिजका लागि छनोट

115 views

0 Bookmark

काठमाण्डौं (हाम्रो खेलकुद) – शुक्र बहादुर राईले छैटौ सिएमएस फाल्डो सिरिज नेपाल च्याम्पियनसिपको उपाधि जितेका छन् । च्याम्पियनसिपबाट ३ स्पर्धाका विजेता शुक्र ,प्रतिमा शेर्पा र सुवास घिसिङ भियतनाममा आगामी मार्चमा हुने फाल्डो सिरिज एसिया फाइनलमा छनोट भएका छन् ।

गोकर्ण गल्फ क्लबमा बुधबार भएको अन्तिम चरणको खेलमा ४ ओभर ७६ स्कोर गर्दै शुक्रले समग्रमा ११ ओभर २ सय २७ स्कोरका साथ उपाधि जितेका हुन् । उनले २ ओभर ३८ मा फ्रन्ट नाईनको खेल सकाए । पहिलो र चौथो होलमा बर्डी प्रहार गरेपनि उनी दोस्रो होलमा बोगी र सातौ होलमा ट्रिपल बोगी खेप्न बाध्य भए ।

यसपछि १५ औ र १७ औ होलमा एक एक सट गुमाउदा ब्याक नाईन पनि २ ओभर ३८ मा पुरा गरे । उपाधि रक्षा गर्न सफल भएपनि यो वर्षको प्रदर्शन सन्तोषजनक हुन नसकेको शुक्रले हाम्रो खेलकुद डटकमलाई बताए । ७ ओभर ७९ स्कोर सहित समग्रमा २ सय ३७ स्कोर जोडी बिपिन तामाङ दोस्रो भए । ८१ अंक सहित समग्रमा २ सय ४९ को नतिजामा सुरेश तामाङ तेस्रो भए ।

महिलातर्फ साविक विजेता प्रतिमाले कसमिरा शाहलाई ३७ स्ट्रोकको भारी अन्तरले पछि पार्दै उपाधि रक्षा गरेकी हुन् । ४ ओभर ७६ स्कोर गरी समग्रमा १४ ओभर २ सय ३० को नतिजामा ३७ स्ट्रोकको सहज जित हासिल गरिन् । प्रतिभाले दोस्रो,आठौ र नवौ होलमा बोगी प्रहार गर्दा चौथौ र सातौ होलमा बर्डीको सफलतासँगै फ्रन्ट नाईन १ ओभर ३७ मा पुरा गरिन् । ब्याक नाईन भने ३ ओभर ३९ मा सकाउने क्रममा १०औ,१२औ,१४औ र १७औ होलमा बोगी खेप्दा १८ औ होलमा बर्डी प्रहार गरिन् ।

९१ स्कोर जोडेकी कसमिरा समग्रमा २ सय ६७ सहित दोस्रो र २ सय ९२ स्कोर सहित प्रतिभा राई तेस्रो भईन् । प्रतियोगिताको १२ देखि १६ वर्ष उमेर समुहतर्फ भारतीय खेलाडी मोनिष शाहलाई १ स्ट्रोकले हराउदै सुवासले उपाधि जिते । सुवासले ४ओभर ७६ स्कोर सहित समग्रमा २ सय ३२ अंक जोडे ।

फ्रन्ट नाईन ईभन पार ३६ मा पुरा गरेका सुवासले दोस्रो होलमा एक सट खेर फालेपनि चौथो होलमा बर्डी प्रहार गरे । यसपछि १० औ होलमा बर्डी प्रहार गरेपनि १४औ र १७ औ होलको बोगी तथा १५ औ होलको ट्रिपल बोगीले ब्याक नाईन ४ ओभर ४० मा पुरा गरे ।१ ओभर ७३ स्कोर सहित समग्रमा २ सय ३३ को नतिजामा मोनिष दोस्रो र २ सय ३८ स्कोर सहित विनोद तामाङ तेस्रो भए । नेपाल गल्फ संघ र गोकर्ण फरेष्ट रिसोर्टद्वारा संयुतरूपमा आयोजित ३ दिने प्रतियोगिताको मुख्य प्रायोजक आइएसएमइ रहेको छ ।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठ,नेपाल गल्फ संघका अध्यक्ष टासी घले,पूर्व अध्यक्ष मधुकर याकतुम्बा,विदेशी प्रशिक्षक किम बाल्डवीन,एनजिएका उपाध्यक्ष पवित्र कार्कीले,काठमाण्डौ जिल्ला गल्फ संघका अध्यक्ष मदन राणा र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन नरेन्द्र कुमार राईले पुरस्कार वितरण गरे । प्रतियोगितामा काठमाण्डौ उपत्यका लगायत पोखरा, धरान र भारतका गरी २३ खेलाडीको सहभागिता रहेको थियो ।

March 26, 2025

फिफाका पूर्व अध्यक्ष ब्लाटरसँगै प्लाटिनीले पाए सफाई

एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]

March 26, 2025

ललितपुर सिटीका इमोह  र पापा आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न  इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा‌ च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह   गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको‌ फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले  […]

March 26, 2025

पिएम कप – अन्तिम खेल जित्दै एपिएफ तेस्रो

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफले तेस्रो स्थानमा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ। लोकेश बमको विष्फोटक इनिङकोमा लिगको आफ्नो अन्तिम खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको छ। अर्का दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पिएम कपको फाइनल खेल्ने पक्का हुँदा एपिएफ तेस्रो भएको छ। पुलिस र आर्मीबीच […]

Success

Thank you for your time.