7 years ago
December 12, 2017
काठमाण्डौं (हाम्रो खेलकुद) – फराकिलो अग्रता लिदै शुक्रबहादुर राई र प्रतिमा शर्पाले सिएमएस छैटौं सिएमएस फाल्डो सिरिज नेपाल च्याम्पियनसिपको उपाधि जित्ने सम्भावना मजबुद पारेका छन् ।
साविक विजेता समेत समेत रहेका शुक्रले यू २१ तर्फ मंगलबार ३ ओभर ७५ अंक जोड्दा समग्रमा ७ ओभर १ सय ५१ अंकका साथ शीर्षस्थानमा यथावत रहेका हुन् । अन्तिम १८ होलको खेल बाँकी रहँदा शुक्रले विपिन तामाङलाई ७ स्ट्रोकले पछि पारेका छन । शुक्रले पहिलो र दोस्रो होलमा बोगी खेपे ।
तेस्रो र चौथो होलमा बर्डी प्रहार गर्दा सातौ होलको ट्रिपल बोगीले फ्रन्ट नाईन ३ ओभर ३९ को प्रदर्शन रह्यो । त्यसपछि ११औ र १५औ होलमा एक एक सट खेर फालेपनि अन्तिम दुई होलमा बर्डीको सफलतासँगै ब्याक नाईन ईभन पार ३६ मा पुरा गरे।७ ओभर ७९ अंक जोडी समग्रमा १ सय ५८ अंकका साथ विपिन दोस्रो स्थानमा छन् । ९ ओभर ८१ अंक जोडी समग्रमामा १ सय ६८ अंक बनाएका सुरेश तामाङ तेस्रो स्थानमा छन् ।
छात्रातर्फ २२ स्ट्रोकको फराकिलो अग्रता सहित प्रतिमा उपाधिको नजिक पुगेकी छिन् । उनले १ ओभर ७३ को नतिजाकासाथ समग्रमा १० औभर १ सय ५४ अंक जोडेकी छिन् । यो स्कोरमा प्रतिमा कसमिरा शाहलाई २२ स्ट्रोकले पछि पारेकी छिन् । कसमिराले ८६ अंक जोड्दा समग्रमा १ सय ७६ अंककासाथ दोस्रो र जुनि गुरूङ समग्रमा १ सय ९३ अंककासहित तेस्रो स्थानमा छिन् ।
यू १६ तर्फ सुवास घिसिङ ५ ओभर ७६ अंक सहित समग्रमा १ सय ५६ अंकका साथ शीर्षस्थानमा उक्लेका छन । भारतीय खेलाडी मोनिष शाह १ सय ६० अंककासाथ दोस्रो र रितेश तामाङ १ सय ६१ अंक सहित तेस्रो स्थानमा छन् ।
४ छात्रा सहित २३ जुनियर खेलाडीको सहभागिता रहेको प्रतियोगिताको अन्तिम १८ होलको खेल बुधबार हुनेछ । नेपाल गल्फ संघ र गोकर्ण फरेष्ट रिसोर्टद्वारा आयोजित प्रतियोगिताका सबै तीन विजेताले भियतनाममा मार्चमा हुने फाल्डो सिरिज एसिया फाइनलमा छनोट हुनेछन् ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]