7 years ago
December 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबल टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । श्यान्टु र नविता दुवै राष्ट्रिय च्याम्पियन पनि हुन् ।
हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबल टेनिस प्रतियोगिताका दौरान श्यान्टु श्रेष्ठ (बायाँ) र नविता श्रेष्ठ । तस्बिर – विवेक सुवेदी/हाम्रो खेलकुद डटकम
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा आज भएको फाइनलमा श्यान्टुले प दुई पटकका पूर्व च्याम्पियन आफ्नै क्लबका दीप साउनलाई ७–११, १३–११, ११–३, ११–९ र ११–९ ले हराएका थिए । श्यान्टुले सानै उमेरदेखि नविताबाट टेबलटेनिस प्रशिक्षण लिदै आएका छन् ।
२०७२ मा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदअन्तर्गत टेबलटेनिसमा तीन पटकका पूर्व राष्ट्रिय च्याम्पियन शिवसुन्दर गोथेलाई हराउदै श्यान्टु पहिलो सहभागितामै च्याम्पियन बनेका थिए । १६ वर्षमा राष्ट्रिय च्याम्पिययन बन्ने श्यान्टु नेपाली टेबल टेसनसमा पहिलो खेलाडी हुन् । यसपटक अपराजित रहेका श्यान्टुले फाइनल प्रवेशका छनोट चरणमा एपीएफ क्लबका पुरुषोत्तम वज्राचार्यलाई ४–१ ले हराएका थिए ।
सुपर लिगमा श्यान्टु पहिलो र पुरुषोत्तम दोश्रो भएका थिए । हारका बावजुद राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका दुई पटकका ‘फाइनलिस्ट’ पुरुषोत्तमसंग फाइनल पुग्ने एक अवसर बाँकी नै थियो । त्यसमा पनि पुरुषोत्तम दीपसंग ४–१ ले चुके । सुपर लिगमा तेश्रो भएका दीपले चौथो भएका एपीएफका शिवलाई एलिमिनेटर राउन्डमा ४–१ ले हराए । पुरुषोत्तमले तेश्रो स्थान प्राप्त गरे ।
महिलातर्फ नविताले नन्द एलिना महर्जनलाई चुनौती ११–९, ११–७, १०–१२, ११–९ र ११–८ को सेटले हराइन् । प्रतियोगितामा एक खेलमा पराजय भोगेकी नविताले पहिलो क्वालिफायर राउन्डमा सुपर लिगमा दोश्रो भएकी नेपाल आर्मीकी स्वेच्छा नेम्वाङमाथि ४–१ को जित निकाल्दै अन्तिम दुईमा स्थान बनाइकी थिइन् ।
सुपर लिगमा अपराजित रहँदै पहिलो भएकी नविता समूह चरणको खेलमा आर्मी दीक्षा तामाङसंग पराजित भएकी थिइन् । सुपर लिगमा तेश्रो भएकी दीक्षा र चौथो भएकी एलिनाबीचको एलिमिनेटर राउन्डमा एलिना ४–१ ले विजयी भइन् । त्यो जितसंगै एलिनाले फाइनलमा स्थान बनाउन स्वेच्छासंग फेरि क्वालिफायर राउन्ड खेल्नु पर्ने थियो । त्यसमा एलिनाले ४–१ ले बाजी मारिन् । स्वेच्छा तेश्रो भइन् । महिला र पुरुष दुवै विजेताले २५, दोस्रो हुनेले १५ र तेस्रो १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
संयोग र दीक्षा यु १६ च्याम्पियन
प्रतियोगिताको यु१६ सिंगल्सको ब्वाइजमा एपीएफका संयोग कपाली र गल्र्समा आर्मीकी दीक्षा दाहाल विजयी भएकी थिइन् । ब्वाइज फाइनलमा संयोगले आफ्नै क्लबका एलेक्स महर्जनलाई १३–१५, १३–११, ११–६, ११–९, ६–११ र ११–८ ले पराजित गरे । याला स्पिनका डिकेन महर्जनले आर्मीका बोधित केसीलाई ४–३ ले हराउदै तेश्रो बने ।
दीक्षाले वज्र युनियनकी स्मृति पन्तमाथि ११–७, ११–८, ११–७ र ११–७ को जित रचिन् । तेश्रो स्थानका लागि भएको खेलमा एपीएफकी अन्जु सुवालले पिङपोङ सुपरस्टारकी मारिया थापा मगरलाई ४–१ ले सहजै हराइन् । ब्वाइज र गल्र्स दुवैमा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा अब मिक्स टिम इभेन्टको खेल बाँकी रहेको बताइएको छ ।
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]
May 2, 2025
एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]
May 2, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]