7 years ago
December 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज र गोकर्ण फरेष्ट रिसोर्टको संयुक्त आयोजनामा दोस्रो संस्करणको कतार एयरवेज खुल्ला गल्फ प्रतियोगिता यही शुक्रबार र शनिबार हुने भएको छ ।
आयोजकले मंगलबार राजधानीमा पत्रकार सम्मेलनमार्फत दुइदिने एमेच्योर गल्फ प्रतियोगिता पुस २२ र २३ गते गर्न लागेको जानकारी गराए । प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुनेछ । १८ होलमा स्टेबल ३-४ ह्याण्डीक्यापमा प्रतियोगिता हुनेछ ।
यस प्रतियोगितामा सबै विधाका गरी करिब ९० खेलाडीले सहभागिता जनाउने गोकर्ण गल्फ क्लबका सिनियर बिकास निर्देशक दीपक आचार्यले जानकारी गराए । प्रतियोगितामा पुरुष, महिला, ६० वर्ष भन्दा माथि र जुनियर विधा हुनेछ ।
महिला र जुनियरको स्किल परिक्षण शुक्रबार हुनेछ । प्रतियोगिताको विजेताले कतार एयरवेजको उडान भएको जुनसुकै गन्तव्यको टिकट प्राप्त गर्नेछ । यस्तै विजेता, वेष्ट ग्रसर, उपविजेता, महिला विजेता, उपविजेता, सिनियर विजेता, जुनियर विजेता, लंगेष्ट ड्राइभ, क्लोसेट टु दि पिन र मोष्ट वर्डिजले आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]