7 years ago
December 1, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पेप्सी ओपन गल्फ शनिबार हुने भएको छ । एक दिने एमेच्योर गल्फ प्रतियोगितामा ९० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
बरुण बेवरेजको उत्पादन पेप्सीको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिता शनिबार गोकर्ण गल्फ क्लबमा आयोजना हुने गोकर्ण गल्फ क्लबका सिनियर गल्फ निर्देशक दीपक आचार्यले पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।
बरुण भेवरेजका बजार विकास म्यानेजर सुशिल रत्न तुलाधरले गल्फसँग जोडिन पाउनु कम्पनीको लागि ठुलो फाइदाको विषय रहेको बताए । उनले यो प्रतियोगिताको सहकार्यलाई निरन्तरता दिँदै जाने पनि बताए ।
प्रतियोगिता १८ होलमा स्टेबल फोर्ड फरम्याटमा ३/४ ह्याण्डीकयापमा हुनेछ । प्रतियोगिताको पुरुष विजेता, उपविजेता, महिला विजेता, सिनियर पुरुष विजेता र जुनियर विजेताले पुरस्कार प्राप्त गर्नेछन् । यस्तै बेष्ट ग्रस, लङ्गेष्ट ड्राइभ, क्लोसेस्ट टु दि पिनले पनि पुरस्कार प्राप्त गर्ने निर्देशक आचार्यले जानकारी गराए ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]