7 years ago
November 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नम्बर एक व्यवसायिक गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । पहिलो दिनबाटै गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा अग्रता बनाएका शिवरामले २२ अन्डर २ सय ६६ को प्रदर्शनसहित उपाधि जितेका हुन् । अन्तिम दिन बिहीबार भएको फाइनल राउन्डमा उनले १ अन्डर ७१ को कार्ड बनाएका थिए । शिवरामको यो खेल जीवनको ३८ औं गल्फ उपाधि हो । उनले उपाधिसहित १ लाख १५ हजार रुपैयाँ जिते ।
सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर बालकृष्णा गुरुङसँग उपाधि ग्रहण गर्दै शिवराम श्रेष्ठ (दायाँ) ।
प्रतियोगितामा सूर्यप्रसाद शर्मा र सञ्जय लामा संयुक्त रूपमा दोस्रो भए । दुवै जनाले दुई अन्डर दुई सय ८६ खेलेका थिए । फाइनल राउन्डमा सूर्यले ४ ओभर ७६ र सञ्जयले इभन पार ७२ खेले । दुवैले जनही ६३ हजार पाँच सय रुपैयाँ प¥यो । २ ओभर दुई सय ९० खेलेका राम मगर चौथो भए । उनले फाइनलमा एक अन्डर ७१ खेलेका थिए ।
यसैगरी समग्रमा ३ ओभर २ सय ९४ खेलेका दीपक मगर पाँचौं तथा २ सय ९६ खेलेका भुवन नगरकोटी र जयराम श्रेष्ठ संयुक्त रूपमा सातौं भए । धनबहादुर थापा, भुबहादुर गुरुङ र पशुपति शर्मा शीर्ष १० मा अटाए । कुल ६ लाख ३० हजार रुपैयाँ पुरस्कार राशि रहेको उक्त प्रतियोगिताको फाइनलमा पुगेका २१ जना प्रोले नगद पुरस्कार प्राप्त गरे ।
यसैगरी एमेच्योरतर्फको उपाधि फुन्सोक नोर्बु लामाले जिते । लामाले कुल २५ ओभर ३ सय १३ खेलेका थिए । तीन सय १७ खेलेका सुनिल केसी दोस्रो भए । सूर्य नेपालको मुख्य प्रायोजन तथा नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा चारदिने प्रतियोगितामा प्रोतर्फ ३२ र एमेच्योरका १० जना खेलाडीले भाग लिएका थिए ।
३६ होलपछि २१ प्रो र ६ एमेच्योर ३६ होलको फाइनल खेलका लागि छानिएका थिए । सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर बालकृष्णा गुरुङ र नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका सल्लाहकार घनश्याम थापाले पुरस्कार वितरण गरे ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]