default_image

7 years ago

November 6, 2017

न्युटन प्याब्सन यू–१८ राष्ट्रिय भलिबल च्याम्पियन

144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम प्याब्सन यू–१८ राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ न्युटन हाइ स्कुल च्याम्पियन बनेको छ । नुवाकोटको बुङताङ भलिबल टोलीलाई सोझो तीन सेटमा हराउँदै न्युटन विजयी बनेको हो । अघिल्लो दिन न्यू डायमण्ड एकेडेमी महिलातर्फको च्याम्पियन बनेको थियो । 

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको खेल मैदानमा सोमबार भएको फाइनल न्युटनले ले २५–२०, २५–१७ र २५–१७ मा आफ्नो पक्षमा पारेको थियो । विजेता टोलीले उपाधि १ लाख र दोस्रो हुने टोलीले ६० हजार रुपैयाँँ प्राप्त गर्यो । थ्रीस्टार एकेडेमी काठमाडौं र कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले संयुक्त रुपमा तेस्रा भए र समान ३५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा न्युटन स्कुलका अजय सुनार सर्वोत्कृष्ट खेलाडी घोषित भए र उनले ५ हजार रुपैयाँ पाए । बुङताङका आसिस मगर उत्कृष्ट स्पाइकर, न्युटनका छामकुमार कुँवर उत्कृष्ट सेटर, न्युटनकै हरि घर्तीमगर उत्कृष्ट ब्लकर, न्युटनकै ओमप्रसाद घिमिरे उत्कृष्ट सर्भर र बुङताङकै जहिल तामाङ उत्कृष्ट डिफेन्डर घोािषत भए । उत्कृष्टले जनही ३ हजार हात पारे ।

नेपाल बिद्यालय भलिबल कमिसनको आयोजना भएको प्रतियोगिताका विजेता, दोस्रो र तेस्रो हुने टोलीलाई नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा, सचिव जगदिश भट्ट, आयोजक कमिसनका अध्यक्ष रामबहादुर केसीलगायतले पुरस्कृत गरे ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा महिलातर्फ १६ र पुरुषतर्फ २३ टोलीको सहभागिता थियो । कात्तिक १२ गतेदेखि सुरु भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी मध्ये २४ महिला र २४ पुरुष खेलाडी पहिलो चरणमा छनोट गरिने बताइएइको छ । त्यसमध्येबाट छनोट गरि यू–१८ को राष्ट्रिय टोली तयार गरिने नेपाल भलिबल संघले जनाएको छ ।

March 31, 2025

बार्सिलोनाको जितमा लेवान्डोस्कीको २ गोल

एजेन्सी – रोबर्ट लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनसँगै बार्सिलोनाले ला लिगामा गिरोनालाई ४-१ ले हराएको छ । शीर्षस्थानको बार्सिलोनाले रियल म्याड्रिड पुनः ३ अंकले पछि पारेको छ। पहिलो हाफमा लाडिस्लाभ क्रेइसीको आत्मघाती गोलपछि घरेलु टोलीले अग्रता लिएको थियो। दोस्रो हाफको सुरुवातमै अर्नाउट डान्जुमाले गिरोनाका लागि बराबरी गोल गरे। ६१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता […]

March 31, 2025

एस्टन भिल्ला एफए‌को अन्तिम चारमा

एजेन्सी – एस्टन भिल्ला एफए कपको सेमिफाइनलमा पुगेको छ। क्वाटरफाइनलमा आइतवार प्रिस्टनलाई ३-० ले हराउँदै भिल्ला अन्तिम चारमा पुगेको हो। मार्कस रासफोर्डले आफ्नो नयाँ टोली एस्टन भिल्लालाई २०१५ पछि पहिलो पटक एफए कप सेमिफाइनल पुर्‍याउन निर्णायक भूमिका खेले। फेब्रुअरी २ मा म्यानचेस्टर युनाइटेडबाट ऋण सम्झौतामा भिल्लामा पुगेका रासफोर्डले यहाँ आफ्नो करिअर पुनः जागृत गरेका छन्। […]

March 31, 2025

सिटी एफए कपको सेमिफाइनलमा

एजेन्सी – म्यानचेस्टर सिटीले उपाधिसहित सिजनको समाप्ती गर्ने सम्भावना कायमै राखेको छ। एफए कप क्वाटरफाइनलमा आइतवार पुनरागमनका‌ साथ बोर्नमाउथलाई २-१ ले हराउँदै सिटी सेमिफाइनलमा पुगेको छ। एर्लिङ हालान्डको प्रेरणादायी प्रदर्शनले टोलीलाई पुनरागमन जित दिलाए पनि उनी चोटका कारण मैदानबाट बाहिरिनुपर्‍यो। इभानिल्सनले २१ औं मिनेटमा गोल गर्दै बोर्नमाउथलाई अग्रता दिलाए । पहिलो हाफमा पेनाल्टीमा गोल गर्न […]

Success

Thank you for your time.