7 years ago
November 5, 2017
काठमाडौं (हाम्रो खेलकुद)– शिवम् न्यू डायमण्ड एकेडेमी प्रथम प्याब्सन यू–१८ भलिबल प्रतियोगिता अन्र्तगत महिलातर्फको च्याम्पियन बनेको छ । नयाँ बसपार्क स्थित ढोरपाटन स्पोर्टस टे«निङ सेन्टरमा आइतबार बुटवलको एभरेष्ट बोड्रिङ स्कुललाई ३–० ले हराउँदै न्यू डायमण्डले उपाधि जितेको हो ।
प्रथम प्याब्सन यू १८ भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको च्याम्पियन शिवम् न्यू डायमण्ड एकेडेमीको टोली ।
न्यू डायमण्डले एभरेष्टलाई २५–१३, २५–१४ र २५–१७ को सेटमा पराजित गरेको हो । उपाधिसहित न्यू डायमण्डले १ लाख रुपैयाँ प्राप्त गर्यो । एभरेष्टले नगद ६० हजार रुपैयाँ पायो । कुलेश्वरको पारामाउन्टलाई ३–० को सोझो सेटमा पराजित गर्दै पोखराको टप्स मावि पोखरा तेस्रो भयो । टप्सले ३५ हजार रुपैयाँ प्राप्त गर्यो ।
विजेता टोली प्रतिभा माली सर्वोत्कृष्ट खेलाडी घोषित भइन् र उनले ५ हजार रुपैयाँ प्राप्त गरिन् । यस्तै न्यू डायमण्डकी कृपा अधिकारी उत्कृष्ट सेटर बन्दा सोही क्लबकी रष्मिता दुरा उत्कृष्ट डिफेन्डर, एभरेष्टकी पुनम चन्द उत्कृष्ट स्पाइकर, कामना विष्ट उत्कृष्ट ब्लकर, टप्सकी ममता डगौरा उत्कृष्ट सर्भर घोषित भइन् । उत्कृष्ट सबैले ३ हजार रुपैयाँ प्राप्त गरे ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशबकुमार बिष्ट, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, महासचिव जितन्द्रबहादुर चन्द, आयोजक नेपाल बिद्यालय भलिबल कमिसनका अध्यक्ष रामवहादुर केसीलगायतले विजेता, उपविजेता र तेस्रो टोलीका खेलाडीलाई पुरस्कृत गरे ।
पुरुषतर्फ न्युटन र बुङताङले फाइनल खेल्ने
पुरुषतर्फको फाईनल खेल भने सोमबार हुने भएको छ । सेक्रेहार्टले नुवाकोट बुङताङलाई सेमिफाईनलमा हराउदै फाइनल पुगेको थियो । तर, थ्रीस्टारले क्वार्टरफाइनलमा लगाएको प्रोटेष्ट प्रमाणित भएपछि सेक्रेटहार्ट प्रतियोगितामा खेल्न अयोग्य टिम भएको आयोजक नेपाल बिद्यालय भलिबल कमिसनका अध्यक्ष रामवहादुर केसीले जानकारी गराए ।
सेक्रेटहार्टले क्वाटर फाईनल थ्री स्टारलाई पराजित गरे पछि १८ बर्ष माथिको खेलाडी खेलाएको भन्दै थ्रीस्टारले सेक्रेटहार्टमाथीे प्रोटेष्ट गरेको थियो । थ्री स्टारको प्रोटेष्ट प्रमाणित भए पछि सो समूहबाट सेक्रेटहार्टसग क्वार्टरफाइनलमा पराजित थ्रीस्टार र सेमिफाईनमा पराजित नुवाकोटको बुङताङ भलिबल संघले आयोजकको निर्णय अनुसार सेमिफाईनल खेल्ने अवसर पाए ।
सेमिफाइनल खेलमा नुवाकोटको बुङताङ भलिबल संघले थ्रीस्टार एकेडेमीमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो । पहिलो र दोश्रो सेट २२–२५ र २०–२५ ले गुमाएको बुङताङले खेलमा पुनरागमन गदै २५–२१, २५–२० र १५–९ ले नतिजा आफ्नो पक्षमा पारेको थियो । ढिलो सुरु भएको न्युटन र बुङताङ बीचको फाइनल खेलमा स्थिगित हुनुअघि न्युटन १–० ले अघि थियो । खेल सोमबार शुरुवातबाटै हुने आयोजकले जनाएको छ । खेल १ बजेपछि शुरु हुनेछ ।
March 31, 2025
एजेन्सी – रोबर्ट लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनसँगै बार्सिलोनाले ला लिगामा गिरोनालाई ४-१ ले हराएको छ । शीर्षस्थानको बार्सिलोनाले रियल म्याड्रिड पुनः ३ अंकले पछि पारेको छ। पहिलो हाफमा लाडिस्लाभ क्रेइसीको आत्मघाती गोलपछि घरेलु टोलीले अग्रता लिएको थियो। दोस्रो हाफको सुरुवातमै अर्नाउट डान्जुमाले गिरोनाका लागि बराबरी गोल गरे। ६१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता […]
March 31, 2025
एजेन्सी – एस्टन भिल्ला एफए कपको सेमिफाइनलमा पुगेको छ। क्वाटरफाइनलमा आइतवार प्रिस्टनलाई ३-० ले हराउँदै भिल्ला अन्तिम चारमा पुगेको हो। मार्कस रासफोर्डले आफ्नो नयाँ टोली एस्टन भिल्लालाई २०१५ पछि पहिलो पटक एफए कप सेमिफाइनल पुर्याउन निर्णायक भूमिका खेले। फेब्रुअरी २ मा म्यानचेस्टर युनाइटेडबाट ऋण सम्झौतामा भिल्लामा पुगेका रासफोर्डले यहाँ आफ्नो करिअर पुनः जागृत गरेका छन्। […]
March 31, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले उपाधिसहित सिजनको समाप्ती गर्ने सम्भावना कायमै राखेको छ। एफए कप क्वाटरफाइनलमा आइतवार पुनरागमनका साथ बोर्नमाउथलाई २-१ ले हराउँदै सिटी सेमिफाइनलमा पुगेको छ। एर्लिङ हालान्डको प्रेरणादायी प्रदर्शनले टोलीलाई पुनरागमन जित दिलाए पनि उनी चोटका कारण मैदानबाट बाहिरिनुपर्यो। इभानिल्सनले २१ औं मिनेटमा गोल गर्दै बोर्नमाउथलाई अग्रता दिलाए । पहिलो हाफमा पेनाल्टीमा गोल गर्न […]