default_image

7 years ago

November 2, 2017

बुङताङ प्याब्सन भलिबलको सेमिफाइनलमा

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –बुङताङ भलिबल टोली प्रथम प्याब्सन यू १८ भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ सेमिफाईनलमा पुगेको छ । नुवाकोटको बुङताङले कोटेश्वरको ग्लासियर कलेजमाथि ३–२ को रोमाञ्चक जित हासिल गरेको थियो । बुङताङले २३–२५,२५–९,२३–२५,२५–२३ र १५–१३ ले आफ्नो पक्षमा पारेको थियो । विजयी टिम नुवाकेटका आशिष मगर म्यान अफ द म्याच चुनिए ।

volley

पोखराको टप्स उच्च मावि र रुपन्देहीको एभरेष्ट बोर्डिङ स्कुल महिलातर्फ अन्तिम आठमा पुगेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस टेनिङ सेन्टरको खेल मैदानमा बिहिबार भएको खेलमा पोखराको टप्सले काठमाडौंको बिन्ध्यावासीनी स्कुललाई २५–१८ र २५–१४ को सोझो सेटमा पराजित गरेको थियो ।

टप्सले क्वार्टरफाइनलमा दाङको श्रीगाउँ खेलकुद बिकास समितिसँग प्रतिस्पर्धा गर्नेछ । अर्को खेलमा श्रीगाउँले काभ्रे बिद्यालय भलिबल कमिसनलाई २५–१६ र २५–९ ले हरायो । काठमाडौको ढोरपाटन स्पोर्टस् क्लबले माफलाई २५–८ र २५–८ ले हरायो । रुपन्देहीको एभरेष्ट बोडिङ स्कुलले ग्लासियरबाट वाकओभर पायो । अब ढोरपाटन र एभरेष्टले क्वार्टरफाइनल खेल्नेछन् ।

निजी तथा आवसिय बिद्यालय संगठन ९प्याब्सन० को मुख्य प्रायोजनमा सञ्चालन भएको पुरुषतर्फको सफलता प्राप्त गर्दै कञ्चनपुरको लिटिलबुद्ध एकेडेमी, भक्तपुरको स्प्रिङडेल एकेडेमी, ढोरपाटन स्पोर्टस् क्लब र न्युटन हाईस्कुल पुरुषतर्फको क्वार्टरफाइनलमा पुगेका छन् ।

लिटिलबुद्धले काभ्रे बिद्यालय भलिबल कमिसनलाई २५–१३ र २५–१९ ले, स्प्रिङडेलले दोलखाको श्री सैलुङघ्याङ युवा क्लबलाई २५–१७ र २५–१५ को सोझो सेटले हरायो । ढोरपाटनले आरुणी स्कुललाई २५–१६ र २५–२३ र न्युटन हाईस्कुलले सुर्खेतको भलिबल संघलाई २५–१८ र २५–१३ ले पराजित गर्यो ।

क्वार्टरफाइनलमा लिटिलबुद्ध र स्प्रिङडेल तथा ढोरपाटन र न्युटनबीच प्रतिस्पर्ध हुनेछ । नेपाल विद्यालय भलिबल कमिसनको आयोजना सञ्चालन भएको प्रतियोगिताको महिला र पुरुष दुवैको विजेता टोलिले उपाधिसहित १ लाख, दोस्रो हुनेले ६० हजार र तेस्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । आइतबार सम्म चल्ने प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

April 1, 2025

पञ्जाबको लगातार दोस्रो जित

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

पञ्जाबविरुद्ध लखनउको मध्यम लक्ष्य

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]

Success

Thank you for your time.