default_image

9 years ago

December 15, 2015

सागका लागि बक्सिङ खेलाडी छनोट पूरा

154 views

0 Bookmark

भारतमा हुने १२ अ‍ैं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङ खेलाडी छनोट मंगलबार पूरा भएको छ ।

Boxing

साग बक्सिङ छनोटको पुरुष ४९ केजीमा तेजबहादुर देउवा (रातो) र गणेश बोहरा प्रतिस्पर्धा गर्दै ।

विभिन्न १० स्पर्धा उत्तिनै खेलाडी सागका लागि छनोट भए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चारदिने प्रतियोगितामा ५१ पुरुषले ७ स्पर्धा तथा १७ महिलाले ३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । हरेक स्पर्धामा पहिलो भएका खेलाडी छनोट भएको बक्सिङ मुख्य प्रशिक्षक प्रचण्ड शर्माले जनाएका छन् ।

नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको महिला ४८–५१ केजीमा नेपाल आर्मी क्लब ‘ए’ की मीनु गुरुङ पहिलो भइन् । फाइनलमा मीनुले नेपाल प्रहरी क्लब ‘बी’ की दिवाना शेर्मालाई पराजित गरिन् । ५७–६० केजीमा एपीएफ ‘ए’ की सरस्वती राना मगरले आर्मी ‘ए’ की निरु गुरुङ तथा ६९–७५ केजीमा एपीएफ क्लब ‘बी’ की संगीता सुनारले एपीएफ ‘ए’ की प्रमिला पाण्डेलाई हराउदै पहिलो स्थान हात पारे ।
पुरुष ४९ केजीमा आर्मी ‘ए’ का तेजबहादुर देउवा पहिलो भए । फाइनलमा उनले बाजुराका गणेश बोहरालाई पाखा लगाए । ५२ केजीमा आर्मी ‘ए’ का प्रेम चौधरीले फाइनलमा नक्साल ‘ए’ का शक्ति लामालाई पन्छ्याउदै शीर्ष स्थान हात पारे । ५६ केजीमा प्रहरी ‘ए’ का दिनेश श्रेष्ठले आर्मी ‘ए’ का अर्जुन सिगुलाई निराश पार्दै पहिलो भए ।

त्यस्तै पुरुष ६० केजीमा दानबहादुर दर्लामी पहिलो भए । उनले फाइनलमा प्रहरी ‘ए’ भूपेन्द्र थापालाई हराए । ६४ केजीमा आर्मी ‘ए’ का दीपक श्रेष्ठ पहिलो भए । उनले फाइनलमा नक्साल ‘ए’ का निभास तण्डुकारलाई पराजित गरे । ६९ केजीको फाइनलमा एपीएफ ‘ए’ का विकास लामाले ललितपुर ‘ए’ का उमेश रिजाललाई पाखा लगाउदै पहिलो स्थानमा रहे । ७५ केजीमा आर्मी ‘ए’ का दीपेश लामाले आर्मी ‘बी’ का महेन्द्र केसीलाई फाइनलमा पराजित गर्दै सागका लागि छनोट हुने अन्तिम मुक्केवाज बने ।

May 14, 2025

ओलम्पिकमा नेपालको विमोचन

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रकाशन गरेको ओलम्पिकमा नेपाल नामक पुस्तक विमोचन गरिएको छ। राखेपका सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पियनहरु बैकुण्ठ मानन्धर, जितबहादुर केसी दिपक विष्ट, विष्णु बहादुर सिंह लगायत १५ जना ओलम्पियनहरुले बुधवार संयुक्त रुपमा पुस्तकको विमोचन गरे। राखेपले ओलम्पिकमा नेपाल सहभागी भएको सन् १९६४ देखि देखि २०२४ सम्मको इतिहास […]

May 14, 2025

ब्वाइज युनियन विजयी

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्याइज युनियन क्लब जित हात पार्न सफल भएको छ। रोमाञ्चक खेलमा श्री कुमारी क्लबलाई ५-३ को हार चखाउन सफल भएको छ। यो जितमा ब्वाइज युनियनको रेलिगेसनबाट जोगिएको छ। खेलको १९ औं मिनेटमा पाल्देन तामाङको गोलमा श्री कुमारी ले पहिले अग्रता बनायो। तर यो अग्रता धेरै बेर टिकेन। […]

May 14, 2025

क्यान अध्यक्ष चन्दले षड्यन्त्र गरेको लुम्बिनी क्रिकेटका अध्यक्ष गुरुङको आरोप

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आफूलाई पदबाट हटाउन षड्यन्त्र गरेको आरोप लगाएका छन् । गुरुङले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै चन्दले आफू विरुद्ध उत्रन प्रदेश क्रिकेट संघका सदस्यहरुलाई हस्ताक्षर संकलन गरेर षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले प्रदेशको आन्तरिक […]

Success

Thank you for your time.