9 years ago
December 15, 2015
धनगढी
– ड्ड फाईनलमा मोहन्याल निमावि सोझो सेटमा पराजित
– ड्ड टीकापुर वहुमुखी क्याम्पस तेस्रो स्थान हासिल गर्न सफल
धनगढीमा भएको कैलाली जिल्ला स्तरीय अन्तर क्याम्पस महिला भलिवल प्रतियोगिताको फाईनलमा मोहन्याल निमाविलाई सोझो सेटमा हराउँदै सुदुरपश्चिमाञ्चल एकेडेमीले उपाधिमाथि कव्जा जमाएको छ ।
एकेडेमीले मोहन्यालाई २५–२१, २५–१५ र २५–२२ को सेटमा हराएको हो । विजेता सुदुरपश्चिमाञ्चल एकेडेमीले नगद २५ हजार सहत ट्रफी पायो भने उप विजेता भएको मोहन्यालले नगद १५ हजार सहित ट्रफी हात पा¥यो । आज विहान नै भएको पहिलो सेमिफाईनलमा मोहन्यालले टीकापुर वहुमुखी क्याम्पसलाई र दोस्रो सेमिफाईनलमा सुदुरपश्चिमाञ्चलले चन्द्रोदयलाई किनारा लगाएका थिए ।
सेमिफाईनलमा पराजित भएका टीकापुर वहुमुखी क्याम्पसले तेस्रो स्थान हात पारेको छ । सेमिफाईनलमै पराजित चन्द्रोदयलाई हराउँदै टीकापुरले नगद १० हजार सहित ट्रफी हात पारेको छ । कैलाली जिल्ला भलिवल संघको आयोजनामा भएको प्रंतियोगिताका विजयी खेलाडीहरुलाई एक समारोहका वीचमा पुरस्कार वितरण गरिएको छ ।
कैलाली जिल्ला भलिवल संघका अध्यक्ष नारायणदत्त भट्टको अध्यक्षतामा भएको कार्यक्रममका प्रमुख अतिथि धनगढी उप महानगरपालिकाका निमित्त कार्यकारी अधिकृत डिल्लीराज ओझा रहनुभएको थियो भने विशिष्ठ अतिथि कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिंह रहनुभएको थियो ।
May 15, 2025
एजेन्सी – इन्ज्युरी समयमा याकोबो रामोनले निर्णायक गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा बुधवार मालोर्कालाई २-१ ले हराएको छ । रियलको जितले बार्सिलोनालाई ला लिगाको उपाधि जित्न अझै कम्तीमा एक दिन कुर्न पर्ने भएको छ। हान्सी फ्लिकको टोली बुधवार नखेली च्याम्पियन हुने केहि सेकेन्ड मात्र टाढा थियो । तर बर्नाबेउमा अन्तिम प्रहारजस्तै लागेको गोलले […]
May 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रकाशन गरेको ओलम्पिकमा नेपाल नामक पुस्तक विमोचन गरिएको छ। राखेपका सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पियनहरु बैकुण्ठ मानन्धर, जितबहादुर केसी दिपक विष्ट, विष्णु बहादुर सिंह लगायत १५ जना ओलम्पियनहरुले बुधवार संयुक्त रुपमा पुस्तकको विमोचन गरे। राखेपले ओलम्पिकमा नेपाल सहभागी भएको सन् १९६४ देखि देखि २०२४ सम्मको इतिहास […]
May 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्याइज युनियन क्लब जित हात पार्न सफल भएको छ। रोमाञ्चक खेलमा श्री कुमारी क्लबलाई ५-३ को हार चखाउन सफल भएको छ। यो जितमा ब्वाइज युनियनको रेलिगेसनबाट जोगिएको छ। खेलको १९ औं मिनेटमा पाल्देन तामाङको गोलमा श्री कुमारी ले पहिले अग्रता बनायो। तर यो अग्रता धेरै बेर टिकेन। […]