default_image

7 years ago

October 29, 2017

प्रतिभा र कृपा सम्मिलित न्यू डायमन्डलाई सफलता

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नयाँ नैकापको शिवम् न्यू डायमण्ड एकेडेमी राजधानीमा आजबाट शुरु भएको प्रथम प्याब्सन यू–१८ महिला तथा पुरुष भलिबल प्रतियोगिताको प्रि–क्वार्टरफाइनलमा पुगेको छ ।

अरुनी स्कुलका खेलाडी गुल्मी (रातो जर्सी) विरुद्ध सर्ट प्रहार गर्दै । तस्बिर:विकेक सुवेदी/हाम्रो खेलकुद

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा आइतबारबाट शुरु भएको खेलमा शिवम् न्यू डायमण्ड एकेडेमीले महोत्तरीको भानुभक्त मेमोरियल बोर्डिङ स्कुललाई २–० को सोझो सेटमा हराउँदै समूह विजेताका रुपमा अन्तिम १६ मा पुगेको हो ।

राष्ट्रिय महिला भलिबल टिमका दुई खेलाडी प्रतिभा माली र कृपा अधिकारीसहित मैदान उत्रिएको डायमण्डले भानुभक्तलाई २५–१० , २५–७ ले हरायो । भानुभक्त समूह उपविजेताको रुपमा प्रि–क्वार्टर फाइनलमा पुग्न सफल भयो । महिलातर्फ तीन खेल हुने भनिएपनि समय अभावका कारण एक खेल मात्र हुन सकेको थियो । प्रतियोगितामा महिलातर्फ १६ टिमको सहभागिता रहेको छ । १६ टिमलाई आठ समूहमा विभाजन गरिएको छ ।

यस्तै पुरुषतर्फको खेलमा सेक्रेट हर्ट एकेडेमी काठमाडौं, बुङताङ भलिबल टिम नुवाकोट, नेपाल विद्यालय भलिबल कमिसन मोरङ, थ्रीस्टार एकेडेमी काठमाडौं, आरुनी स्कुल काठमाडौं र सुर्खेत जिल्ला भलिबल एसोसिएसनले सफलता हात पारे । सेक्रेट हार्टले गुराँसे भुमि युवा क्लब बाग्लुङलाई २५–२३ र २५–१३ ले पराजित ग¥यो ।

अर्को खेलमा बुङताङ भलिबल टिमले नेपाल विद्यालय भलिबल कमिसन झापालाई २२–२५, २५–२१ र २५–१४ ले पराजित ग¥यो । नेपाल विद्यालय भलिबल कमिसन मोरङले नमुना इंग्लिस स्कुललाई २५–१२ र २५–२० को सोझो सेटमा पराजित ग¥यो । थ्रीस्टार एकेडेमीले हिमचुली एकेडेमीलाई २५–७ र २५–११ ले पराजित ग¥यो ।

अर्को खेलमा आरुनी स्कुलले जिल्ला भलिबल संघ गुल्मीलाई २५–१५ र २५–२१ को रोमाञ्चक सेटमा पराजित ग¥यो । दिनको अन्तिम खेलमा सुर्खेत जिल्ला भलिबल संघले एन्जल हर्ट हाई स्कुललाई २५–१५ र २५–१३ को सोझो सेटमा पराजित गर्न सफल भयो ।

प्रतियोगितामा पुरुषतर्फ २३ टिमको सहभागिता रहेको छ । हरेक समूहका हरेक समूहका विजेतार उपविजेता प्रि–क्वार्टर फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी ९राजन०, खेलकुद राज्यमन्त्री टि एल चौधरीले गरेका थिए ।

उद्घाटन समारोहमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्र बहादुर चन्द, विद्यालय भलिबल कमिसनका अध्यक्ष रामबहादुर केसीलगायतको उपस्थिति थियो । प्रतियोगिता कात्तिक १९ गतेसम्म चल्नेछ ।

March 30, 2025

प्यालेस र फरेस्ट एफए कपको सेमिफाइनलमा

एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

Success

Thank you for your time.