7 years ago
October 25, 2017
लण्डन(एजेन्सी) – इङ्ग्लिस फुटबल लिग (इएफएल) कप अन्तर्गत आज राति चेल्सी अर्को प्रिमियर लिग टोली एभर्टनको सामना गर्दै छ । नेपाली समय अनुसार रातिको १२.३० बजे सुरु हुने यस खेल चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा खेलिने छ ।
आफ्ना मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई आर्सनल विरुद्धको ५-२ हारपश्चात बर्खास्त गरेको एभर्टन आज मुख्य प्रशिक्षक बिनै चेल्सीको सामना गर्ने छ । एभर्टनका लागी इड्रिसा गे आर्सनलसँग रातो कार्ड पाएकाले खेल्न प्रतिबन्धित छन् । रस बार्कली र सेमस कोलम्यान एभर्टनका लागी अझै घाइते छन् ।
अर्को तर्फ चेल्सीले भने यस साता वाटफोर्डमाथि ४-२ को रोमाञ्चक जित दर्ता गरेको थियो । चेल्सीका एन्गोलो कान्टे र भिक्टर मोसेस घाइते रहेका छन् भने मुख्य स्ट्राइकर एल्भारो मोराटालाई प्रशिक्षक एन्टोनियो कोन्टेले विश्राम दिई मिची ब्याटसुवयीलाई मौका दिने सम्भावना छ ।
त्यस्तै अर्को खेलमा टोटनह्याम हटस्पर वेस्ट ह्यामसँग भिड्दै छ । लिभरपुल माथिको ४-१ जितबाट ताजै रहेको टोटनह्यामले स्ट्राइकर ह्यारी केनलाई बिश्राम दिने सम्भावन छ । चोटग्रस्त रहेका डिफेन्डर ड्यानी रोजले यस खेलमा आगमन गर्न सक्ने छन् ।
वेस्ट ह्यामका लागि एन्डी क्यारोल प्रतिबन्धपछी टोलीमा फर्कँदै छन् । माइकल एन्टोनियो भने पुर्ण फिट नरहेकाले सुरुवात गर्ने सम्भावना कम रहेको छ । वेम्ब्लीमा खेलिने यस खेल आज राति १२.४५ बजे सुरु हुने छ ।
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को पूर्व अध्यक्ष गणेश थापाविरुद्ध छानविन गरि कारवाहीका लागि विभिन्न निकायमा पत्रचार गर्ने भएको । दुई दिन सम्म चलेर मंगलवार सकिएको एन्फाको कार्यसमितिको बैठक सो निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ। विज्ञप्तिमा भनिएको छ ‘फिफाबाट प्रतिबन्धित पूर्व अध्यक्ष गणेश थापा सम्बन्धि विभिन्न भष्ट्राचार लगायतका फिफाको निर्देशन उल्लङघन र […]
March 26, 2025
एजेन्सी – महिला ओडिआई विश्वकप २०२५ को फाइनल खेल पञ्जाबको मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएको छ। ओडिआई महिला विश्वकप सेप्टेम्बर २९ देखि अक्टोबर २६ सम्म भारतमा आयोजना हुनेछ । विशाखापट्टनम, तिरुवनंतपुरम, रायपुर र इन्दौरमा विश्व कपका खेलहरु आयोजना हुनेछ । विशाखापट्टनमबाहेक अन्य कुनै पनि स्थानमा अहिलेसम्म महिला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको […]
March 26, 2025
एजेन्सी – नर्वेले फिफा विश्वकप २०२६ को युरोपियन छनोटमा लगातार दोस्रो जित दर्ता गरेको छ । नर्वेले बुधबार भएको खेलमा इजरायलविरुद्ध ४-२ को सहज जित निकाल्यो । हङ्गेरीको नाग्येर्देई रंगशालामा भएको खेलमा नर्वेलाई जित दिलाउन डेभिड मोलर उल्फ, अलेक्जेन्डर सोर्लोथ, क्रिस्टोफर अजर र एर्लिङ हालान्डले गोल गरे । इजरायलका लागि मोहम्मद अबु फानी र डोर […]