7 years ago
October 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका बक्सिङका पूर्व राष्ट्रिय खेलाडी अनिल गुरुङलाई मकाउमा रहेका पूर्व बक्सिङ खेलाडीहरुले आर्थि सहयोग गरेका छन् ।
नेपाल बक्सिङ संघले सोमबार एक कार्यक्रममको आयोजना गर्दै मकाउमा रहेका पूर्वराष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको संस्था मकाउबाट संकलित १ लाख २ हजार २ सय ७५ रुपैया गुरुङका धर्मपत्नी मीन कुमारी गुरुङलाई पूर्व बक्सर श्याम गिरीको उपस्थितीमा हस्तान्तरण गरेका हुन् ।
घाइते गुरुङलाई सहयोग गर्नेहरुमा मानबहादुर श्रेष्ठ, सुरेश चौधरी, सुशील घिमिरे, अजित गुरुङ, टिकाराम भण्डारी, राजेन्द्र धामी, प्रभुथापा मगर, सुभाषथापा मगर, राजकुमार राजभण्डारी, राजन डंगोल, रेशम थापा, चित्र बहादुर गुरुङ, श्याम गिरी, उद्धब कुमार, निमबहादुर रेउले, लक्ष्मी प्रसाद तथा प्रकाश श्रेष्ठ रहेका छन ।
संकलित रकम हस्तान्तरणपछि नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले सहयोगी सम्पूर्ण मनहरुलाई धन्यवाद ज्ञापन गर्दै बिरामीले थला परेका बक्सिङका पुर्व अन्तर्राष्ट्रिय रेफ्री मन्नुजंग थापालाई पनि संघले कम्तिमा १ लाख रुपैया सहयोग गर्ने घोषणा गरेको छन् ।
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]