9 years ago
December 13, 2015
नेपाल आर्मी क्लब ‘ए’ का दानबहादुर दर्लामी, नक्साल ‘ए’ का किशोर शर्मा, सशस्त्र प्रहरी बलको एपीएफ क्लब ‘ए’ का पुरन राई र नेपाल प्रहरी क्लब ‘ए’ का भूपेन्द्र थापा भारतमा हुने १२ अैं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङ छनोट प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको प्रतियोगिताको पुरुष ६० केजीमा दानले नक्साल ‘बी’ का युवराज कार्की, किशोरले ललितपुर ‘बी’ का दीपेश शर्मा, पुरनले ललितपुर ‘ए’ का समिर गुरुङ तथा भूपेन्द्रले आर्मी ‘बी’ का नेरेश देवानलाई पराजित गरे ।
पुरुष ४९ केजीमा नक्साल ‘बी’ का मदनकृष्ण डंगोलले रोल्पाका चन्द्रबहादुर थापा, बाजुराका गणेश बोहराले एपीएफ ‘बी’ का आश तामाङ तथा नक्साल ‘ए’ सुशील थापाले ललितपुर ‘ए’ का तेजु पुन मगरलाई हराउदै सेमिफाइनलमा स्थान बनाए । ५२ केजीमा आर्मी ‘ए’ का प्रेम चौधरीले एपीएफ ‘ए’ का विक्रम परियार, सुनसरीका सुलभराज तुलाधरले प्रहरी ‘ए’ का रुद्र हमाल, नक्साल ‘ए’ शक्ति लामाले नक्साल ‘बी’ का गणेश थापा तथा आर्मी ‘बी’ का सुवास विकले रोल्पाका हरिबहादुर सुनारलाई पाखा लगाउदै सेमिफाइनलमा पुगे ।
नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ५६ केजीमा एपीएफ ‘ए’ का दिनेश चन्दले नक्साल ‘बी’ प्रज्ज्वन पराजुली तथा आर्मी ‘बी’ का विमल रोका मगरले नक्साल ‘ए’ का सुदीप लामालाई पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । ६४ केजीमा आर्मी ‘ए’ का दीपक श्रेष्ठले प्रहरी ‘ए’ का सुमन लामा, रुपन्देहीका यादव थापाले रोल्पाका विपिन रोका मगर, नक्साल ‘ए’ का निवास तण्डुकारले ललितपुर ‘ए’ का अनुज भण्डारी तथा आर्मी ‘बी’ का सुरेश नेपालीले एपीएफ ‘ए’ सुमन लामालाई निराश पार्दै सेमिफाइनलमा स्थान पक्का गरे ।
पुरुष ६९ केजीमा आर्मीका विष्णुप्रसाद आर्मी ‘ए’ का विष्णुप्रसाद घलेले आर्मी ‘बी’ का सन्दिप बेन्जो तथा ७५ केजीमा आर्मी ‘ए’ का दीपेश लामाले एपीएफ ‘बी’ का अमर विष्टलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश पाए ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]