9 years ago
December 12, 2015
भारतमा हुने १२ अैं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङ छनोट प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको छ ।
नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको पहिलो दिन पुरुष ५२ केजीमा एपीएफ ‘ए’ का विक्रम परियारले चितवनका सन्दिप गुरुङ तथा रोल्पाका हरिबहादुर सुनारले मेघदूतका राजकुमार लामालाई पराजित गरे । ६० केजीमा नक्साल ‘बी’ का युवराज कार्कीले चितवनका प्रदीपसिंह ठकुरी तथा नेपाल प्रहरी ‘ए’ का भूपेन्द्र थापाले रोल्पाका चन्द्रज्योति थापालाई हराए ।
महिलाको ४८–५१ केजीमा नेपाल आर्मी ‘बी’ की ललिता गुरुङले एपीएफ ‘बी’ की नान्जा बुढा मगर, आर्मी ‘ए’ की मीनु गुरुङले प्रहरी ‘ए’ की निशा तामाङ तथा एपीएफ ‘ए’ की माला राईले भक्तपुरकी निता गोसाईंलाई पाखा लगाए । ६९–७५ केजीमा आर्मी ‘ए’ की शिलु डंगोलले एपीएफ ‘ए’ की प्रमिला पाण्डे तथा प्रहरी ‘ए’ की अनुराधा लामाले आर्मी ‘बी’ की सोनाम मगरलाई पन्छ्याउदै विजयी सुरुआत गरेका छन् ।
प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बक्सिङ मुख्य प्रशिक्षक प्रचण्ड शर्मालाई खेल सामाग्री हस्तान्तरण गरी उद्घाटन गरे ।
चारदिने प्रतियोगितामा ५१ पुरुष खेलाडीले ७ स्पर्धा तथा १७ महिला खेलाडीले ३ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रत्येक तौलसमूहमा पहिलो हुने खेलाडीले सागमा स्थान पक्का गर्ने छन् ।
महिला बक्सरले सागमा पहिलोपटक सहभागिता जनाउन लागेको हो । पुरुष खेलाडीले हालसम्म कुनै पनि सागमा सहभागिता छुटाएको छैन ।
May 1, 2025
एजेन्सी – अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी कन्काकाफ इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत सेमिफाइनलमा भान्कुभर ह्वाइटक्याप्ससँग पराजित भएको छ । सेमिफाइनलको दोस्रो लेगमा बुधबार राती मायमीले ३-१ को हार बेहोरेको हो । त्यसअघि पहिलो लेगमा २-० ले पराजित मायमी समग्रमा ५-१ को हारसँगै च्याम्पियन्स कपबाट बाहिरिन पुगेको हो । बुधबारको खेलमा […]
May 1, 2025
एजेन्सी – बार्सिलोना र इन्टरले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्। एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो।मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनले आर्सनललाई १-० ले हराएको थियो। तर बार्सिलोना र इन्टरबीचको पहिलो लेग रोचक र प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफमा ४ हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले […]
May 1, 2025
एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]