default_image

7 years ago

October 2, 2017

हङकङमा मानबहादुर सम्मिलित घान्द्रुकलाई भलिबल उपाधि

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– हङकङमा नेपाली समुदायबीच हिजो भएको नवौं खुला भलिबल प्रतियोगितामा आयोजक घान्द्रुक समाज हङकङ विजयी भएको छ । नेपाली राष्ट्रिय भलिबल टोलीका सदस्य मानबहादुर श्रेष्ठले आयोजक टोलीलाई उपाधि दिलाउन मात्र मद्दत गरेनन् आफै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी समेत बन्न सफल भए ।

आधिखोला हङकङलाई फाइनलमा सोझो सेटले हराउँदै घान्द्रुक च्याम्पियन बनेको हो । धान्द्रुक २५–१८,२५–२२,२५–२१ ले विजयी भएको थियो । आधि खोलाबाट अर्का राष्ट्रिय खेलाडी सुनिल श्रेष्ठ पनि खेलेका थिए । धान्द्रुकले त्यसअघि सेमिफाइनलमा सनसाइन क्लबलाई २५–१७,२५–१९,२८–२६ ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो । सेमिफाइनलमा मानबहादुर म्यान अफ दी म्याच बनेका थिए । विजेता घान्द्रकुले १२ हजार २ सय २२ हङकङ डलर प्राप्त गरेको छ ।

हरेक वर्ष त्यहाँ नेपाली समुदायकाबीच भलिबल प्रतियोगिता हुँदा नेपाली भलिबल टोलीका एक खेलाडीलाई बोलाउने परम्परा अनुसार मानबहादुरलाई बोलाइएको थियो । माल्दिभ्सबाट फर्केको भोली पल्ट बिहीबार नै उनी हङकङ पुगेका थिए । उनी माल्सन स्पोर्टस क्लबबाट एसोसियन कप भलिबल च्याम्पियनसिप खेल्न उनी माल्दिभ्स पुगेका थिए ।

March 23, 2025

आइपिएलमा सनराइजर्स हैदरावादको विजयी सुरुवात

एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो । टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्थशतक बनाए । जुरेलले […]

March 23, 2025

किसनको शतकमा हैदरावादको शानदार प्रदर्शन

एजेन्सी – इशान किसनको आक्रमक शतकीय इनिङसँगै सनराइजर्स हैदरावादले आइपिएलमा राजस्थान रोयल्स विरुद्ध सानदार प्रदर्शन गरेको छ । किसनले नटआउट १ सय ६ रन बनाएपछि हैदरावादले ६ विकेटको नोक्सानीमा २ सय ८६ रनको विशाल योगफल तयार पारेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा राजस्थानले टस जितेर हैदरावादलाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो। आइपिएल इतिहासमा यो दोस्रो […]

March 23, 2025

पिएम कपमा एपिएफको सम्भावना कायमै

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफले गण्डकी प्रदेशलाई ३१ रनले हराएको छ। एपिएफको यो जितसँगै अब पिएम कप फाइनलको होडमा ३ विभागीय टोली मात्र रहेका छन्। बाँकी ७ प्रदेश टोलीको फाइनलमा पुग्ने संभावना समाप्त भएको छ। एक्सट्रा टेक ओभल मैदानमा जितको लागि २ सय ५९ रनको लक्ष्य पछाएको गण्डकी […]

Success

Thank you for your time.