7 years ago
September 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भारत नेपालमा भएको पहिलो अन्तर्राष्ट्रिय आमन्त्रण कबड्डी प्रतियोगिताको भारत च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कवर्डहलमा शनिबार भएको फाइनलमा आयोजक नेपाललाई ५९–२१ को फराकिलो अन्तरमा पराजित गर्दै भारत प्रतियोगिताको च्याम्पियन बनेको हो ।
एकपक्षीय बनेको खेलमा भारत घरेलु टोली नेपालविरुद्ध निकै हावी हुदा पहिलो हाफमा ३७–११ को आरमदायी अग्रता लिएको थियो । दोस्रो हाफमा नेपालले सुधारिएको प्रदर्शन गरेपनि २२–१० ले भारतलाई नतिजा सुम्पियो । तीन राष्ट्र सहभागी प्रतियोगिता सुपर लिगको आधारमा भएको थियो ।
लिगमा नेपाल उपविजेता र भारत विजेता बन्दै फाइनलमा प्रवेश गरेका थिए । विजयी खेलाडीहरुलाई राखेपका सदस्य–सचिव केशव कुमार विष्ट, अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापाले पुरस्कृत गरिन् ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]