7 years ago
September 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय भलिबल टोलीका सदस्य मानबहादुर श्रेष्ठले यसपटकको दशै हङकङमा मनाउने भएका छन् । माल्दिभ्सको क्लबबाट व्यावासायिक रुपमा भलिबल खेल्ने पहिलो नेपाली खेलाडी बनेका उनी केही दिनमा स्वदेश फर्कने र त्यसलगत्तै हङकङ जाने भएका छन् ।
उनका लागि माल्दिभ्सको पहिलो व्यावसायिक यात्रा भने मिश्रित खालको रह्यो । उनको टोली माल्सन स्पोर्टस क्लब एसोसिएसन कप भलिबल च्याम्पियनसिपको पहिलो चरणबाट बाहिरिसकेको छ । यद्दपी उनले यो यात्रामा धेरै सिक्ने अवसर मिलेको हाम्रो खेलकुद डट कमसँग अनुभव साटे । सुरुआतमा माल्दिभ्स पुलिस क्लब र सिलाइक क्लबसँग पराजित भइसकेको माल्सनको लागि शुक्रबार आइ क्लबसँगको खेल अर्थहिन थियो । तर, पनि टोलीले अन्तिम खेलमा जित हासिल गर्यो । जसमा मानबहादुर म्यान अफ दी म्याच बने ।
‘हाम्रो टिममा माल्दिभ्सका यू २३ का खेलाडी बढी छन् । तुलानात्मक रुपमा हाम्रा टिम औसतको मात्र थियो’ मानबहादुरले भने, ‘तर, पनि व्यक्तिगत रुपमा मेरो लागि यो एउटा राम्रो अवसर रह्यो । यहाँ अन्य क्लबाट भारत, पाकिस्तान, श्रीलंकाका खेलाडीसँग खेल्ने अवसर मिल्यो । यसले मेरो खेलमा सुधार आउने विश्वास छ ।’ राष्ट्रिय टोलीबाट खेल्दा बाहेक विदेशीसँग खेल्ने अवसर उनलाई यसैपटक जुरेको हो ।
प्रतियोगितामा भाग लिने हरेक टोलीले एक अन्तर्राष्ट्रिय खेलाडी राख्न पाउने प्रावधानअनुरुप मानबहादुरले यो अवसर पाएका हुन् । गत वर्ष माल्दिभ्समा एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा उनको प्रदर्शन देखेर प्रभावित भएपछि माल्सनले बोलाएको थियो । गत वर्षको च्याम्पियनसिपमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय पदक जित्दा उनले उत्कृष्ट दोस्रो आउटसाइड अट्याकरको उपाधि जितेका थिए ।
उनले माल्सनबाट प्रतियोगिताभरका लागि एक हजार अमेरिकी डलर पाउने सम्झौता छ । उनको आउने जाने र बस्ने सबै खर्च क्लबले नै बोहारेको छ । ‘क्लबबाट खेल्ने पुरुष खेलाडीमा म पहिलो भएको छु’ उनले भने, ‘यसले भविष्यमा अन्य खेलाडीका लागि पनि ढोका खोल्न सक्ने भन्ने आशा लागेको छ ।’
पुरुषतर्फ उनी पहिलो भएपनि माल्दिभ्सबाट लिग भलिबल खेल्ने महिला खेलाडीको सुचि भने अलिक लामो छ । अहिले सम्म राष्ट्रिय टोलीका कोपिला उप्रेती, अरुणा शाही, प्रतिभा माली, मन्जु गुरुङलगायतले माल्दिभ्सबाट व्यावसायिक रुपमा खेलिसकेका छन् ।
यसपटक मानबहादुरलाई भ्यान नभाई छ । माल्दिभ्सबाट फर्केको भोली पल्ट नै उनी घान्द्रुक समाजको निमन्त्रणामा हङकङ जाने भएका छन् । हरेक वर्ष त्यहाँ नेपाली समुदायकाबीच भलिबल प्रतियोगिता हुँदै आएको छ । उनी बुधबार स्वेदश आइपुग्नेछ भन् बिहीबार नै हङकङ जानेछन् ।
‘त्यहाँ हरेक वर्ष भलिबल हुने रहेछ । प्रत्येक पटक राष्ट्रिय टोलीका एक जनालाई बोलाउने परम्परा जस्तै भइसकेका छ’ उनले भने, ‘यसपटक मलाई बोलाउनु भएको छ । खुसी लागेको छ । म आउने प्रचार प्रसार भइरहेको छ भन्ने आयोजकबाट जानकारी पाएको छु । दशैमा देश बाहिर हुनुपरे पनि त्यहाँ धेरै नेपाली हुनुहुन्छ भन्ने सुनेको छु । त्यसैले रमाइलै हुन्छ होला ।’ हङकङमा झन्डै दुई साता बसेर उनी स्वदेश फर्कनेछन् ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]