7 years ago
September 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारत अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
तीन राष्ट्र सहभागी प्रतियोगिताको राउन्ड रोविन लिगमा नेपाल उपविजेता र भारत विजेता बन्दै फाइनलमा पुगेका हुन् । नेपालले एक/एक जित र हारको सामना गर्दै ३ अंक जोड्यो । दुवै खेलमा जित निकालेको भारतले ६ अंक बटुल्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिगको अन्तिम खेलमा भारतले नेपाललाई ५१–२६ ले पराजित गर्यो । भारतका अमित नगर उत्कृष्ट रेडर तथा विनित शर्मा उत्कृष्ट केचर चुनिए ।
नेपाल र भारत भिड्नु अगावै दुवै टिम फाइनलमा पुगिसकेका थिए । त्यस खेल अगाडि नै दुवैले बंगलादेशलाई हराइसकेकाले दुवैको स्थान फाइनलमा सुरक्षित भइसकेको थियो । शुक्रबारै भएको पहिलो खेलमा भारतले बंगलादेशलाई १७–९ ले हराएको थियो ।
त्यस्तै प्रतियोगिताको पहिलो दिन बिहीबार नेपालले बंगलादेशमाथि ३७–३५ को जित दर्ता गरेको थियो । अखिल नेपाल कबड्डी संघद्वारा आयोजित प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]