default_image

8 years ago

September 22, 2017

युवा टेबल टेनिस स्टार स्यान्टुसँग १२-२७ कुरा

147 views

0 Bookmark

१७ बर्षे टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ निकै प्रतिभाशाली खेलाडीहरु मध्येमा पर्दछन् । जसले १६ बर्षको उमेरमै राष्ट्रिय च्याम्पियन बनेर सनसनी मचाए । सिनियर स्पर्धामा पहिलोपटक उपाधि जित्नको लागि स्यान्टुले गत वर्ष सातौ राष्ट्रिय खेलकुदमा नेपाली टेबल टेनिसका हस्तीहरुलाई पराजित गरेका थिए । 

 

१६ बर्षको उमेरमा नै राष्ट्रिय च्याम्पियन जित्दै सबैभन्दा कम उमेरमा राष्ट्रिय च्याम्पियन हुने कीर्तिमान बनाएका छन् स्यान्टुले । खेल्न सुरु गरेको ६ वर्ष मात्र पुगेको भएपनि कडा मेहेनत र नियमित अन्तराष्ट्रिय सहभागिता र जुनियर प्रतियोगीताहरुमा प्राप्त गरेको सफलताले स्यान्टुलाई निकै कम समयमानै सिनियर च्याम्पियन हुने आट जुटेको हो। आफ्नै लगनशीलताले उनलाई अरु खेलाडीले जस्तो सपना पुरा गर्न धेरै कुर्नुपरेन । छोटो समयमा सफलता चुमेका स्यान्टु आफ्नो उचाई बढ्दै जानुमा कोच र परिवारलाई जस दिन्छन्। उनि भन्छन,‘ मैले सानो देखिनै उत्कृष्ट प्रशिक्षकहरु सँग सिक्ने मौका पाए र घरबाट पनि राम्रो साथ दिनु भयो, सायद यी दुई तर्फको साथ नपाए कसैले पनि राम्रो खेल्न सक्दैन।’

दश बर्षको उमेरमा टेबल टेनिसमा प्रवेश गरेका स्यान्टु त्यस अगाडिका दुई वर्ष असफल स्विमिङ् खेलाडी थिए। सोल्टी होटेलको क्यासिनो माजोंगमा कार्यरत राज कुमार श्रेष्ठ र आईएनजियोमा आबद्द तारा श्रेष्ठका कान्छा छोरा स्यान्टु ८ बर्षको उमेर देखि १० बर्षको हुँदासम्म आफ्नै स्विमर दाजु बनिन संसा श्रेष्ठलाई देखेर स्विमर बन्न पौडी पोखरीमा होमिएपनि सफलता पाउन नसकेपछि सानो लोभको लागि टेबल टेनिस खेल्न सुरु गरेका थिए। स्कुल टिममा छनोट भएपछि राम्रो चेक ब्याट पाउने लोभले स्यान्टुले स्कुलको टिममा पर्न प्रतिस्पर्धा गरेपछि उनको टेबल टेनिस यात्रा सुरु भएको हो।

पुर्ख्यौली घर दोलखाको कोर्चे भएका  स्याटुको जन्म र पालपोषण काठमाडौँको बुद्धनगरमा भएको थियो। आफुलाइ सानोमा निकै चकचके बताउने उनी टेनिस ब्याट समाए पछि निकै परिपक्क देखिन्छन। सन् २०१३ मा पहिलोपटक साउथ एसियन जुनियर टेबल टेनिस च्याम्पियन्सिपमा सहभागिता जनाउँदा क्याडेट व्याइज तर्फ तृतीय स्थान हासिल गरेका उनले २०१४ र २०१५ मा पनि सोहि प्रतियोगितामा तेस्रो स्थान नै हासिल गरेका थिए। २०१३ मा उनले भारतको सिलोंगमा आयोजना हुने रिल्बोंग स्पोर्ट्स एण्ड कल्चरल प्रतियोगितामा जुनियर ब्याइज र टिम ईभेन्टमा स्वर्ण पदक जितेका थिए भने मिक्स डबलमा तेस्रो स्थान हासिल गरेका थिए।

बिस्तारै सिनियर तिर लम्कदै गर्दा स्यान्टुले गत बर्ष आयोजित सातौं राष्ट्रिय खेलकुदमा तहल्कानै मचाउन सफल भए। उनले ब्याइज सिनियर तर्फ स्वर्ण पदक हासिल गरे भने मिक्स डबल र टिम ईभेन्टसमा नेपाल पुलिस क्लबलाई स्वर्णपदक जिताउन महत्वपूर्ण भूमिका खेले। सोही प्रतियोगितामा उनले दिप साउनसँग मिलेर पुरुष डबलमा कास्य पदक जित्न सफल भए।

भर्खरै मात्र प्रथम श्रेणीमा +२ उतिर्ण भएका स्यान्टु पढाईलाई लिएर पनि निकै गम्भिर छन्। भबिष्यमा सफल हुन खेलसंगै पढाईको पनि महत्वपूर्ण भूमिका छ भनेर बुझेका स्यान्टु भन्छन्,’ खेल आफ्नो ठाँउमा छ र पढाई अर्को पट्टि। हाम्रो जस्तो देश जहाँ टेबल टेनिस दोस्रो रोजाईको खेलमा पर्छ त्यहाँ खेलाडीहरुले आफ्नो स्तर उन्नती र आर्थिक पाटो सबल बनाउन पनि उच्च शिक्षा हासिल गर्न जरुरी छ।’

भनिन्छ मानिसको पहिलो पाठशाला घर नै हुन्छ। त्यसैले होला स्यान्टु आफ्नो सफलताको श्रेय अभिभावकलाई बाढ्न कन्जुस्याइँ गर्दैनन्। आफ्नो खुसीमा बुबा आमा झन् दोब्बर खुसी भइदिएर आफुलाइ सधै बुझेर हौस्याएर नै आफु सधै सहि पथमा हिड्न प्रेरित भएको स्यान्टु बताउँछन् । उनै स्यान्टुसँग हाम्रो खेलकुदका दिपेश तिमलसिनाले गरेको १२-२७ कुरा ।

१.कहिलेबाट खेल्न सुरु गर्नु भयो ?
– मैले कक्षा ६ मा हुँदा देखि खेल्न सुरु गरें। त्यतिबेला म दश बर्षको थिए। म पढेको नोबल स्कुलमा अहिलेको नेपाल नम्बर १ महिला खेलाडी नाबिता महर्जनले सिकाउनु हुन्थ्यो।

२. पहिलो पदक जित्दा कस्तो महसुस भयो ?
– मैले पहिलो प्रतियोगिता दश बर्षको उमेरमा नै क्याम्ब्रिज कप जितेको थिए। निकै खुसि भएको थिए। पहिले म स्विमीङ गर्थे तर कहिले जित्न सकेको थिइन्। टेबल टेनिसमा पहिलो प्रतियोगितानै जित्दा मनोबल बढेको थियो। त्यतिबेला गुरु सुशील पौडेलले मेरो निकै तारिफ गर्नु भएको थियो।

३. टेबल टेनिसमा कसरी लाग्नु भयो ?
– मैले सुरुमा स्विमिङ, तेक्वान्दो खेले। टेबल टेनिसमा खासै रुचि थिएन। एकदिन स्कुलमा टेबल टेनिसको टिममा पर्यो भने चेक ब्याट पाउछ भनेर साथीहरु सँग खेल्न थाले। पछि खेल्दै जाँदा नबिता म्यामले राम्रो खेल्दो रहेछौ भनेर स्कुलको टिममा छनोट गर्नु भयो। खेल्दै जाँदा सफलता बढदै गएपछि थप खेल्न उत्साह बढ्यो।

४. कुन फोन चलाउनु हुन्छ र फोन किन्दाको मूल्य ?
– आइफोन ७ प्लस विथ एप्पल वाच सिरिज २। मूल्य १ लाख ३२ हजार ।

५. कुन बाइक-गाडी चढ्नु हुन्छ र मूल्य ?
– केटिएम डुक २०० सिसी। मूल्य ४ लाख ४१ हजार।

६.वार्षिक कति कमाउनु हुन्छ ?
– खेलेर नियमित त आम्दानी छैन मेरो तर बिजेता रकम र सम्मान गरेर १ लाख जति पुग्छ।

७. पछी खेलाडीमात्र नभएर के बन्ने योजना छ ?
– खेल्न त म पछीसम्म छाड्दिन। खेल संगै पछि गएर व्यवशाय गर्न मन छ।

८. शैक्षिक योग्यता कति छ ?
– भर्खरै १२ सकाए। अहिले ब्याचलर पढ्न उपयुक्त कलेजको खोजीमा छु।

९. कस्तो फिल्म हेर्नुहुन्छ र पछिल्लो पटक हरेको फिल्म ?
– टाइमपास गर्न सबै खाले फ्लिम हेर्छु। पछिल्लोपटक हलमा हेरेको एनाबेल २। साउथ फ्लिम त दैनिक जस्तो हेर्छु घरमै। साउथ इण्डियन फ्लिमको त म फ्याननै हो।

 १०.सबैभन्दा मन पर्ने नायक र नायिका ?
– साउथका राम चरण र नायिकमा श्राद्दा कपुर। मलाई साउथको धेरै नायिकाहरु मनपर्छ। राकुल प्रित र क्याथरिन एकदमै मनपर्छ।

११. सबैभन्दा मन पर्ने गायक र गायिका ?
– आतिफ अस्लम, गायिका मा ठ्याक्कै यहि मनपर्छ भन्ने छैन।

१२. अहिलेको दिनहरुमा सबैभन्दा धेरै पटक सुनेको गीत ?
– एलेन वाल्करको फेडेड।

१३. सिंगल हुनुहुन्छ ?
– गर्लफ्रेण्ड छ। ड्याडीलाई गर्ल फ्रेण्ड छ भन्ने जानकारी छ तर मैले नाम चाहिँ भनेको छैन ।

१४.किताब कतिको पढ्नु हुन्छ ? पछिल्लो पटक पढेको किताब ?
– कहिले काही पढ्छु। पछिल्लोपटक पढेको सुबिन भट्टराईको समर लभ।

१५.अहिलेसम्म कति देश पुग्नु भयो ? सबैभन्दा मन परेको देश ?
– ४ ओटा भयो। सबैभन्दा मन परेको रसिया।

१६. नेपालमा सबैभन्दा मनपर्ने ठाउँ ?
– चितवन।

१७. सबैभन्दा मनपर्ने खानेकुरा ?
– चिकेन म:म र ड्यु।

१८. खाना बनाउनु हुन्छ ? आफैले पकाएको सबैभन्दा मिठो के लाग्छ ?
– पकाउन आउदैन मलाई। अहिलेसम्म कसैलाई केहि  पकाएर खुवाएको छैन।

१९. सामाजिक सञ्जाल कतिको चलाउनु हुन्छ र प्रेम प्रस्ताव कतिको आउँछ ?
– ट्रेनिंगको बेला बाहेक अरु समय त म अनलाइननै हुन्छु। प्रेम प्रस्ताब आए पनि म खुलेर गर्लफ्रेण्ड छ भन्दिन्छु। साथी बन्छु तर सबैको प्रस्ताब स्वीकार्ने कुरा त आउदैन नि।

२०. पहिलो कमाई के गर्नु भयो ?
–मैले १०औ हरे राम जोशी मेमोरियल जुनियर प्रतियोगिता जित्दा पहिलोपटक २५ सय रुपैयाँ पाएको थिए। तर त्यो पैसा के गरे अहिले यादनै छैन।

२१. खेल जीवनमा सबैभन्दा खुसी भएको क्षण ?
– ७ औ राष्ट्रिय खेलकुदमा सिनियरमा प्रथम हुँदा। मेरो सपना पुरा भएको थियो झन् सबैभन्दा सानो उमेरमा नम्बर १ हुने कीर्तिमान कायम गर्न पाउंदा भुइँमा खुट्टा छैन जस्तो महसुस भएको थियो।

२२. फुर्सदको समयमा के गर्नु हुन्छ ?
– फुर्सदको समयमा घरमै बसेर फ्लिम हेर्छु, साथी भाईसँग पनि हुन्छु, कहिले काहिँ डेटिङ जान्छु (हाहा)। मलाई बाइक कुदाउन निकै मनपर्छ, टप स्पिड पनि भन्न हुन्थ्यो तर ड्याडीले थाहा पाउनु भयो भने बर्बाद हुन्छ।

२३. आफुले चाहेर पनि गर्न नसकेको काम ?
– १२ पछि विदेश गएर पढ्न मन थियो तर मिलेन। यो पछि भएपनि पुरा गर्छु।

२४.राष्ट्रिय टोलीमा सबैभन्दा मिल्ने साथी र आशालाग्दो खेलाडी ?
–  मेरो एकदमै मिल्ने साथी ह्यारी शर्मा । उ अहिले उच्च शिक्षाको लागि अमेरिकामा छ। पछि निकै माथी आउन सक्ने खेलाडीमा संयोग कपाली।

२५.मनपर्ने अन्तराष्ट्रिय टेबल टेनिस खेलाडी ?
– चाईनाका ज्यांग जाइक।

२६. तपाईको नजरमा टेबल टेनिसमा अन्तराष्ट्रिय सफलताको सम्भब कसरी होला ?
– मुख्य कुरा त टेबल टेनिस खेलाउने संघ बलियो हुन पर्यो, अस्वस्थ राजनिति हुनु भएन। खेलाडीहरुलाई उचित भत्ता र तलबको ब्यवस्ता हुन पर्यो ता कि नतिजाको मात्र ख्याल गरेर खेल्न पाइयोस्। हामीले अन्तराष्ट्रिय प्रतियोगितामा धेरै भन्दा धेरै सहभागीता जनाउन पाउनु पर्छ र विदेशमा उत्कृष्ट बातावरणमा लामो समयसम्म प्रशिक्षण गर्न पाउनुपर्छ।

७.आफ्ना शुभेच्छुकहरुलाई के भन्न चाहनुहुन्छ ?
– धन्यवाद सबैलाई सानो उमेर देखिनै राम्रो खेल्ने प्रेरणा दिनुभयो। हौसलाले नै सानै उमेरमा सफलता प्राप्त गर्न सके। अझै संघ देखि अहिले सम्मका सहयोगीहरुको साथ निरन्तर प्राप्त भए अन्तराष्ट्रिय प्रतियोगितामापनि राम्रो गर्न सक्छु।

April 11, 2025

मच्छिन्द्र र हिमालयन शेर्पा फाइनल खेल्दै

सुनिल गाउँले,सिमरा ए डिभिजनका दुई टोली हिमालयन शेर्पा क्लब र मच्छिन्द्र फुटबल क्लब १५ औं जीतपुरसिमरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा एकअर्काको सामना गर्दैछन्‌ । सिमरा रंगशालाको फ्लड लाइटमा आज राति हुने फाइनल जित्दै दुवै टोली वर्षको सुखद अन्त्य गर्ने प्रयासमा हुनेछन्। दोस्रो संस्करणको विजेता हिमाल शेर्पा चौथो पटक फाइनल खेल्दैछ । मच्छिन्द्र लगातार दोस्रो […]

April 11, 2025

युरोपा लिगमा युनाइटेड रोकियो

एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसकेपछि म्यानचेस्टर युनाइटेडले लियोनसँगको युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा चित्त बुझाउनु परेको छ । दुवै टोलीले समान एक पटक अग्रता बनाएको खेल २-२ को बराबरीमा टुंगिएको छ। रायन चेर्कीले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गर्दै खेलमा बराबरीमा गरेका हुन्। थियागो आल्माडाले २५ औं मिनेटमा गोल गर्दै लियोनलाई अग्रता दिलाएका […]

April 10, 2025

कार्लोस अर्को साता नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]

Success

Thank you for your time.