8 years ago
September 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली गल्फर टंकबहादुर कार्कीले भुटान एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । पार ७० को थिम्पु गल्फ क्लब अन्तिम दिन आइतबार ५ अन्डर ६५ को प्रदर्शन गरेका टंकले ८ स्ट्रोकको अग्रतासहित उपाधि जितेका हुन् ।
टंकले समग्रमा ३ अन्डर २ सय ७७ को कार्ड बनाएका थिए । अन्तिम दिन १ अन्डर ६९ को कार्ड बनाएका आयोजक भुटानका जीवाङ गुरुङले समग्रमा ५ ओभर २ सय ८५ को का प्रदर्शन गरे ।
अर्का नेपाली सुकबहादुर राई १० ओभर २ सय ९० को प्रदर्शन गर्दै तेस्रो भएका छन् । उनले अन्तिम दिन पार ७० को कार्ड बनाएका थिए । भुटान राष्ट्रिय टोलीका सदस्य तेसेन्द्र दोर्जी चौथो ( २९३ ), नोर्बु एल छिरिङ (३१२) पाँचौं भए ।
टिम च्याम्पिनसिप पनि नेपाली टोलीले नै जितेको छ । अन्तिम दुई चरणमा टंक र सुकबहादुरले कुल २ सय ८० को प्रदर्शन गरेपछि नेपाल उपाधि जित्न सफल भएको थियो । भुटानका कर्मा छिरिङ र जिवाङ गुरुङ २ सय ९० स्कोरका साथ दोस्रो भए । त्यस्तै आयोजकै तेसेन्द्र दोर्जी र बिबि गुरुङ (३०७) को टोली तेस्रो भयो ।
नेपाल गल्फ संघका अध्यक्ष तासी घलेका अनुसार नेपाल, भुटान, बंगलादेश र अफगानिस्तानका गरि च्याम्पियनसिपमा ७० खेलाडीको सहभागिता थियो । अध्यक्ष घले टंकको प्रदर्शनबाट निकै खुसी भए । उनले भने, ‘टंकले आज जस्तै खेले भने उनले दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्नुका लागि एसिया पेसिफिक टुरमा पनि राम्रो प्रतिस्पर्धा दिन सक्छन् ।’
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]