default_image

8 years ago

August 30, 2017

नेपालको तेक्वान्दो र शिक्षामा सहयोग गर्न कोरियामा सम्झौता

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालको खेलकुद र शिक्षामा विकासका लागि विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ) र अम होङ गिल फाउन्डेसनबीच सम्झौता भएको छ । दक्षिण कोरियास्थित सिओलस्थित डब्लुटिएफको मुख्यालयमा आयोजित कार्यक्रममा डब्लुटिएफका अध्यक्ष जो चङ वन र फाउन्डेसनका प्रमुख ली जे हुबीच सम्झौतापत्रमा हस्ताक्षर भएको नेपाल तेक्वान्दो संघका सदस्य दीपक विष्टले जानकारी दिए ।


सो अवसरमा दक्षिण कोरियाका लागि नेपाली राजुदूत अर्जुनजंग बहादुर सिंहलगायतको उपस्थिती रहेको थियो । सम्झौता अनुरुप नेपाल तेक्वान्दो संघको व्यवस्थापन र सहकार्यमा अम होङ गिल फाउन्डेसनले नेपालमा विद्यालय निर्माणका साथै भत्किए विद्यालयलाई पुर्ननिर्माण गर्नेछ ।

फाउन्डेसनले आफूले निर्माण र पुर्ननिर्माण गरेको विद्यालयमा तेक्वान्दो संघसँगको सहकार्यमा तेक्वान्दो प्रशिक्षकसहितको तेक्वान्दो खेल सञ्चालनको कार्यक्रम अगाडि बढाउनेछ । फाउन्डेसनको स्थापना विश्व प्रसिद्ध पर्वतारोही अम होङ गिलको नाममा सन् २००८ मा भएको थियो ।

अम होङ गीलले विश्वका ८ हजार मिटरभन्दा माथिको १६ हिमालको आरोहण गरेर विश्व रेकर्ड कायम गरेका थिए । सोही फाउन्डेसनले नेपालका विकेट स्थानमा १२ विद्यालय निर्माण गरिसकेको अब २ विद्यालय निर्माण गर्ने बताइएको छ ।

डब्लुटिएफले यसअघि पनि नेपालको अनाथ बालबालिकाका लागि केयर्स नेपाल भन्ने कार्यक्रममा माफर्त तेक्वान्दो खेल सुरु गरेको छ । जुन नेपालका ८ असाहय बालबालिका संरक्षित संस्थामा तेक्वान्दो खेल सुरु गरिसकेको छ । ती बालबालिकालाई निशुल्क प्रशिक्षण र खेल सामाग्री समेत प्रदान गरिसकेको जनाइएको छ ।

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

Success

Thank you for your time.