default_image

8 years ago

August 30, 2017

नेपाल र बंगलादेशको मैत्रीपूर्ण भलिबल –‘आज सोझो सेटमा जित्नेछौं’

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले बंगलादेशविरुद्ध आज हुने दोस्रो तथा अन्तिम मैत्रीपूर्ण खेल पहिलो भन्दा स्तरीय हुने बताएका छन् । हिजो भएको पहिलो मैत्रीपूर्ण खेल पहिलो सेट गुमाएर पनि नेपालले ३–१ ले जितेको थियो ।

बंगलादेशसँगको मंगलबारको खेलअघि नेपाली टोली ।

बंगलादेश दोस्रो एभिसी सेन्ट्रेल जोनको च्याम्पियन र बलियो टोली भएका कारण पहिलो सेटमा खेलाडीहरु केही अत्तालिएको भट्टको ठम्माई छ । ‘पहिलो सेटमा सानो सानो गल्तिमा ११ वटा बल हामीले बिगार्यौं । त्यसले उनीहरुलाई बढी सजिलो भयौं,’ भट्टले सुनाए,‘ दोस्रो सेटमा हामीले अलिकति खेलको रणनीतिमा पनि पविर्तन गर्यौं । रिसिभ राम्रो भएको खेलाडीलाई खेलाएपछि खेल परिवर्तन भयो । कोर्ट बाहिरको माहौलले पनि साथ दियो । दोस्रो सेटपछि विस्तारै हामीले खेलमा पकड बनायौं । खेलाडीको मनोबल पनि उच्च हुँदै गयो ।’

प्रशिक्षक भट्टले हिजो भन्दा आज अझै राम्रो खेल्दै सोझो सेटमा हराउने प्रयास गरिने बताए । ‘बंगलादेश राम्रो ठूलो हो । उसले हिजोको खेलको गल्ति सुधार्दै र हाम्रो कमजोरीमा प्रहार गर्ने रणनीतिका साथ आउनेछ ,’ उनले भने,‘त्यसका वावजुद हामीसँग पनि आफ्नै खालको रणनीति हुन्छ । एउटा खेल जितेपछिको मनोबल पनि बेग्लै हुन्छ । त्यसैले आज हिजो भन्दा पनि राम्रो खेलेर जित्ने लक्ष्य हाम्रो छ ।’

जेठमा सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएपछि नेपाल भलिबल संघले बंगलदेशको राष्ट्रिय टोलीसँग दुईवटा मैत्रीपूर्ण खेल राखेको हो । लगानखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तथा तालिम केन्द्रमा भएको खेल नेपालले २७–२५, २५–१७,२५–१६,२५–२३ ले जितेको थियो । आजको खेलपनि सोही केन्द्रमा दिउँसो ३ बजे सुरु हुने संघले जनाएको छ । नेपालले बंगलादेशसँग अहिले सम्म खेलेका ४ मध्ये ३ खेल जितेको थियो । सेन्ट्रेल जोनमा नेपाललाई पनि पराजित गरेको तुर्किमिस्तिानलाई पाखा लगाउँदै च्याम्पियन बनेको भट्टले जानकारी दिए ।

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

Success

Thank you for your time.