default_image

8 years ago

August 29, 2017

नेपालले मैत्रीपूर्ण भलिबलमा बंगलादेशलाई हरायो

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय भलिबल टोलीले पहिलो मैत्रीपूर्ण खेल जितेको छ । दुई खेलको श्रृखंलाको पहिलो खेलमा नेपालले आज बंगलादेशको राष्ट्रिय भलिबल टोलीलाई ३–१ ले हराएको थियो । 

बंगलादेशविरुद्ध अंक प्राप्त गरेपछि खुसी मनाउँदै नेपाली खेलाडी । तस्बिर-बिबेक सुबेदी/ हाम्रो खेलकुद

लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तथा तालिम केन्द्रमा मंगलबार भएको मैत्रीपूर्ण भलिबलको पहिलो सेट गुमाएपनि खेलमा फर्कन नेपाल सफल भएको थियो । आफ्नै गल्तीका कारण पहिलो सेट २५–२७ ले गुमाएको नेपालले त्यसपछिको तीनै सेट लगातार आफ्नो पक्षमा पार्दै दुई दिने मैत्रीपूर्ण भलिबलमा १–० को अग्रता बनाएको हो ।

पहिलो सेट गुमाएपछि दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गरेको नेपालले दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१६ ले जित्दा तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । अब नेपालले बुधबार दोस्रो खेल खेल्दैछ । अहिले सम्म बंगलादेशविरुद्धका ४ खेलमा नेपालले ३ जित र १ मा हार बेहोरको छ ।

बंगलादेशले यसअघि एभिसी सेन्ट्रल जोन भलिबलमा नेपाललाई हराएको थियो । नेपाली टोलीका प्रमुख प्रशिक्षक जगजित भट्टले बंगालदेशसँग दुईवटा मैत्रीपूर्ण प्रतिस्पर्धाले टोलीको स्तर बढ्ने अपेक्षा गरेका छन् । थिए । नेपालले आइतबार डेनमार्कको ‘ए’ डिभिजन क्लब भिडओभ्रलाई लाई मैत्रीपूर्ण खेलमा ३–१ ले नै हराएको थियो ।

नेपाल भलिबल संघले दिउँसो २ः०० बजे खेल सुरु हुने बताएपनि औपचारिक कार्यक्रमले झन्डै २ घन्टा ढिला खेल सुरु भएको थियो । त्यसबीचमा खेलाडीलाई लामो समयसम्म उभ्याइएको थियो ।

नेपाल र बंगलादेशबीच मंगलबार भएको मैत्रीपूर्ण खेल । तस्बिर- बिबेक सुबेदी /हाम्रो खेलकुद

बंगलादेशसँगको मैत्रीपूर्ण खेल सुरु हुनुअघि नेपाली भलिबल टोली । तस्बिर- बिबेक सुबेदी/ हाम्रो खेलकुद

 

नेपालसँगको मैत्रीपूर्ण खेल सुरु हुनुअघि बंगलादेश भलिबल टोली । तस्बि-र बिबेक सुबेदी हाम्रो/खेलकुद

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

Success

Thank you for your time.