default_image

8 years ago

August 29, 2017

नेपाल र बंगलादेशबीच पहिलो मैत्रीपूर्ण भलिबल आज

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र बंगलादेशका राष्ट्रिय भलिबल टोलीबीचको दुईवटा मैत्रीपूर्ण खेलको पहिलो खेल आज हुँदैछ । दुवै टोलीका प्रशिक्षकले मैत्रीपूर्ण खेलबाट स्तर बढ्ने विश्वास लिएको छन् ।

नेपाली भलिबल टोली । फाइल तस्बिर

नेपाल र बंगलादेशबीच अहिले सम्म तीनवटा खेल भएका छन् । जसमा नेपालले २ र बंगलादेशले १ खेल जितेको छ । पछिल्लो पटक दोस्रो एभिसी सेन्ट्रल जोन भलिबलमा आमने सामने हुँदा बंगलादेशले नेपाललाई हरारएको थियो । आइतबार डेनमार्कको ‘ए’ डिभिजन क्लब भिडओभ्रलाई ३–१ ले हराएकोले पनि नेपाली टोलीको मनोबल उच्च छ ।

राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय भलिबल टोलीका प्रशिक्षक जगदिश प्रसाद भट्टले नेपाल र बंगलदेशको स्तर समान भएकोले एकअर्कासँगको प्रतिस्पर्धाले स्तर बढाउन मद्दत ल्निे विश्वास व्यक्त गरेका थिए । उनले मैत्रीपूर्ण खेलमा सकारात्मक नतिजा निकाल्न प्रयास गर्ने बताएका छन् । खेल लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तथा तालि केन्द्रमा रहेको कभर्ड हलमा २ः३० बजे सुरु हुने नेपाल भलिबल संघले बताइएको छ ।

‘हामीले पछिल्लो समय धेरै सकारात्मक सफलता हासिल गरेको छौं । नेदरल्यान्ड प्रशिक्षकको सहयोगले टिमको कमजोर सुधार गर्न सहयोग गरेको छ ’ प्रशिक्षक भट्टले भने, ‘तीन हप्ताको प्रशिक्षणले टिममा धेरै सुधार गर्न सकिन्न । तर, हामीले यो अवधिमा टोलीको कमजोर पक्ष रिसिभ र ब्लक सुधार गर्न केन्द्रित भयौं । बंगलादेशविरुद्ध यो सुधार पक्कै देखिनेछ ।’

नेपाली टोली कप्तान इम रानाले मैत्रीपूण खेल भएपनि जितको लागि खेल्ने बताएका थिए । ‘हामी सेन्ट्रल जोन भलिबलमा बंगलादेशसँग हारेको थियौं । यस अवधिमा हामीले धेरै सुधार गरेका छौं ’ यसअघि बंगलादेशविरुद्धका सबै खेलमा समेत कप्तानी गरेका रानाले भने, ‘मैत्रीपूर्ण खेल भएपनि सेन्ट्रल जोनमा भोगेको हारको बदला लिने प्रयास गर्नेछौं ।’

बंगलादेशका इरानी प्रशिक्षक अली पोअर एरोजीले नेपालसँग खेल्न खेल्न पाउनुलाई सुखद अनुभवको रुपमा लिएको बताए । ‘नेपाललाई हामीले यसअघिको खेलमा हराएको थियौ । तर, अहिले अवस्था फरक छ ’ प्रशिक्षक अलीले भनेका थिए, ‘नेपालले पछिल्लो समय राम्रो गरिरहेको छ । दुवै टिमको स्तर समान छ । जित हासिल गर्ने हाम्रो प्रयास रहनेछ ।’

बंगलादेशका कप्तान मोहमद इमरान हैदरले मैत्रीपूर्ण खेलको लागी पर्याप्त तयारी गर्न नपाएपनि जित्नको लागी खेल्ने बताए । ‘केही प्राविधिक कारणले खेलाडीको स्वास्थ्यमा केहि असर गरेको छ । हामी त्यसबाट अगाडी बढ्दै नेपालसँग खेल्न तयार भैसकेको छौं ’ कप्तान हैदरले थपेका थिए, ‘फेरि एकपटक नेपालसँग खेल्ने मौका मिलेको छ । नेपालको केही खेलाडी राम्रो छन् । उनीहरुलाई हामी कमजोर रुपमा लिएको छैनौ ।’

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

Success

Thank you for your time.