default_image

8 years ago

August 27, 2017

नेपालसँग खेल्न बंगलादेश भलिबल टोली आइपुग्यो

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालसँग मैत्रीपूर्ण खेलका लागि बंगलादेशको भलिबल टोली आइतबार राजधानी आइपुगेको छ । नेपाल र बंगलादेशबीच मंगलबार र बुधबार दुई वटा मैत्रीपूर्ण खेल्ने कार्यक्रम रहेको नेपाल भलिबल संघले जनाएको छ ।

आइतबार राजधानी आइपुगेको बंगलादेशको भलिबल टोलीसँग नेपाल भलिबल संघका पदाधिकारी ।

जेठमा सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएपछि संघले त्यसको उपलक्ष्यमा बंगलादेश टोलीलाई आमन्त्रण गरेको हो । दुवै खेल लगनखेलस्थित सेनाको कभर्ड हलमा हुनेछ ।

शनिबार मात्र नेपाली टोलीले मैत्रीपूर्ण खेलमा डेनमार्कको भिडओभ्र क्लबलाई ३–१ ले हराएको थियो । पहिलो सेट गुमाएको नेपालले १७–२५, २५–१५, २५–२३, २५–२३ ले खेल आफ्नो पक्षमा पारेको थियो । झन्डै एक महिना नेपाली टोलीलाई प्रशिक्षण दिएर डेनमार्कका प्रशिक्षक म्यान भान विजल केही दिन अघि स्वदेश फर्केका थिए ।

नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के, सदस्यहरु ज्योति केसी, रोशन श्रेष्ठ, रिता कोइराला, नेपाली टोलीका प्रशिक्षक जगदिश भट्ट लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगालदेशको टोलीलाई स्वागत गरेको थियो । टोली २१ सदस्य रहेको बताइएको छ ।

बंगलादेश भलिबल टोलीका कप्तान अल जबिरलाई स्वागत गर्दै नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के (दायाँ)।

 

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

भोजपुरमा बासिखोरा रन हुने

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा बासिखोरा रन २०८१ हुने भएको छ । प्रतियोगिता विभिन्न ४ विधामा हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार चैत ३० गते बासिखोरामा हुने प्रतियोगितामा महिला/पुरुष खुला, यु १८, यु १३ र ४० वर्षमाथिको विधा समावेश गरिएको छ । महिला/पुरुष खुला, यु १८ र ४० वर्षमाथिको समूहमा […]

Success

Thank you for your time.