7 years ago
August 27, 2017
लस भेगास (एजेन्सी) – ‘द मनी फाइट’ कहलिएको बक्सिङ खेलमा अमेरिकाका फ्लोइड मेवेदरले आयरल्यान्डका कनर मेग्रेररलाई १० औँ राउन्डमा हराएका छन् । यस जितसँगै मेवेदरले आफ्नो अपराजित यात्रालाई ५० खेलसम्म लम्ब्याएका छन् ।
लास भेगसमा खेलिएको खेलको पहिला ३ राउन्डमा मेग्रेरर मेवेदरमाथि हावी देखिएका थिए । तर मेवेदरले चौथो राउन्डपछि लय समात्दै १० औँ राउन्डमै थाकेका मेग्रेररलाई टेक्निकल नक-आउटमार्फत हराएका थिए । युएफसी च्याम्पियन रहेका मेग्रेरले बक्सिङ रिङ्गमा भने आफ्नो पहिलो खेल खेल्दै थिए ।
दसौँ राउन्ड अघिसम्म मेग्रेररले मेवेदरलाई राम्रो प्रतिस्पर्धा दिईरहेका थिए । तर दसौँ राउन्डमा मेवेदरका लगातार मुक्का खाएपछी मेग्रेरर चोटग्रस्त भएका थिए । त्यसपछी रिफ्रीले खेल रोक्दै मेवेदरलाई विजयी घोषित गरे ।
जितपछि बोल्दै मेवेदरले आफ्नो खुसी व्यक्त गरे । ‘दर्शक जे हेर्न आएका थिए मैले उनीहरुलाई त्यहि दिए । पक्याओको फाइट पछी मैले उनीहरुका लागि यति त गर्नै पर्ने थियो । त्यसैले आज मैले उनीहरुका लागि हेर्न लायक प्रस्तुति दिए ।’
खेल रोकिनु अघि मेवेदरले सबै निर्णयकका स्कोर-कार्डमा अग्रता (८७-८३, ८९-८२, ८९-८१) लिईरहेका थिए । मेवेदरले खेलअघि यो खेल आफ्नो अन्तिम हुने पनि बताएका थिए ।
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ बिहीवार के वान युथ लिगमा रजत पदक जितेकी छिन् । दुबईमा भएको लिगमा एरिकाले ६८ केजी माथिको तौल समूहमा दोस्रो भएकी उनीसँगै गएकी अफिसियल सविना श्रेष्ठले जानकारी दिइन् । एरिका फाइनलमा इरानी खेलाडीसँग ९-१ ले पराजित भएकी थिइन्। त्यसअघि पहिलो खेलमा भारतीय खेलाडीलाई ८-० ले, […]
February 20, 2025
एजेन्सी – शुभमन गिलको नटआउट शतकसँगै भारतले च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ। युएईमा बिहीवार बंगालादेशलाई ६ विकेटले हराउँदै भारतले जितका साथ च्याम्पियन्स ट्रफीको यात्रा सुरु गरेको हो। २ सय २९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६.३ ओभरमा ४ विकेट गुमाउँदै २ सय ३१ रन जोडेर जित निकाल्यो। १ सय ४४ रन जोड्दा चौथो विकेट […]
February 20, 2025
नुवाकोट ( हाम्रो खेलकुद)- भारतका आशुतोष कुमारले प्रथम विदुर मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगितामा भारतका १८७१ रेटेड आशुतोष र नेपालका १८७८ रेटेड धिरेन राईले समान ६ अंक जोड्दै बुकोल्ज्स् नियमका आधारमा पहिलो र दोश्रो स्थान प्राप्त गरेका छन्। बिहीवार अन्तिम चरणमा आशुतोषले नेपालका सिएम शुश्रुत दहाल संग […]