8 years ago
August 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)–नेपाल र डेनमार्कबीच सम्बन्ध स्थापनाको ५० बर्ष पुरा भएको अवसरमा डेनिस क्लबसँग भएको मैत्रीपूर्ण भलिबलमा नेपाल विजयी भएको छ । लगनखेलस्थित सैनिक शारीरिक तथा प्रशिक्षण केन्द्रमा शनिबार भएको मैत्रीपूर्ण भलिबलमा नेपालले डेनमार्कको भिडओभ्र क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेट १७–२५ ले गुमाएको राष्ट्रिय भलिबल टिमले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै जित निकालेको हो । दोस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको नेपालले त्यसपछि दुई सेट क्रमश: २५–२३ र २५–२३ ले जित्यो ।
नेपालले यसैसाता बंगलादेशको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । दुई खेल भदौ १३ र १४ गते सोही कभर्ड हलमा हुने नेपाल भलिबल संघले जनाएको छ । झन्डै एक महिना डेनिस प्रशिक्षक म्यान भान विजलले प्रशिक्षण दिएयता नेपाली टोली पहिलो पटक मैत्रीपूर्ण खेलमा उत्रदैछ । डेनिस प्रशिक्षक विजल भने केही दिनअघि स्वदेश फर्किसकेका छन् ।
नेपाल र डेनमार्कबीच सम्बन्ध स्थापनाको ५० बर्ष पुरा भएको उपलक्ष्यमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना र नेपाल भलिबल संघको संयोजनमा मैत्रीपूर्ण खेल भएको हो । यसअघि नेपाली राष्ट्रिय भलिबल टोली डेनमार्क पुगेरै मैत्रीपूर्ण खेल खेलेको थियो । त्यतिबेला नेपाल पराजित भएको थियो ।
तिस्बरहरु-बिबेक सुवेदी/हाम्रो खेलकुद
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा बासिखोरा रन २०८१ हुने भएको छ । प्रतियोगिता विभिन्न ४ विधामा हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार चैत ३० गते बासिखोरामा हुने प्रतियोगितामा महिला/पुरुष खुला, यु १८, यु १३ र ४० वर्षमाथिको विधा समावेश गरिएको छ । महिला/पुरुष खुला, यु १८ र ४० वर्षमाथिको समूहमा […]